कांग्रेससहितका दलले साथ दिएपछि मधेशमा सिंहको सरकार ढल्नबाट बच्यो

जनकपुर । नेपाली कांग्रेस, एमाले, लोसपासहितका दलहरूले विश्वासको मत दिएपछि जनमत पार्टीको सरकार मधेश प्रदेशमा ढल्नबाट बचेको छ ।

शनिबार मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् ।

प्रदेश सभामा उपस्थिति १०१ मध्ये ६७ सदस्यले सिंहको पक्षमा विश्वासको मत दिएका छन् । माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका ३४ जनाले विपक्षमा मत दिएका छन् ।

सिंहले विश्वासको मत लिनुअघि शनिबार माओवादीसहितका ६ मन्त्रीलाई बर्खास्त गरेका थिए ।

सरकारमा सहभागी माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका मन्त्री बर्खास्तीमा परेका थिए ।

Published : Sunday, 2024 July 7, 7:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया