दाङमा बाढी र डुवानले कहाँ-कहाँ भयो क्षति ? झोलुङ्गे पुलमा क्षति, आवतजावत बन्द

घोराही । दाङ जिल्लामा अविरल वर्षाले बाढी र डुवान हुँदा जनधनको ठूलो क्षति गरेको छभने जनजीवन प्रभावित बनेको छ ।
शनिबार केही मानिसहरू बेपत्ता हुनुका साथै मृत्यु भएको छ । केही व्यक्तिहरू घाइते भएका छन् । बबई नदीमा आएको बाढीले झोलुङ्गे पुलमा क्षति पुर्याएको छ ।
बबई नदीमा बाढी आउँदा बबई गाउँपालिका वडा नं.४ बैबाङ र वडा नं. १ रहरपुर जोड्ने (बबई नदीमा निर्माण गरेको झोलुङ्गे पुलको दंगिशरण गाउँपालिका वडा नं. १ रहरपुर साईडको पुलको पिलर बगाई पुलमा क्षति पु¥याएको छ । झोलुङ्गे पुलमा आवतजावत बन्द भएको प्रहरीले जनाएको छ ।
000
जिल्ला प्रहरी कार्यालय, दाङ
विपद घटना विवरण
१.भेडे खोलाले लेदो बगाई ल्याई घोराही-होलेरी सडक खण्ड अवरुद्ध भएको
मिति २०८१।०३।२२ गते अ.०५:०० बजेको समयमा जिल्ला दाङ घोराही उ.म.न.पा. वडा नं.१३ बगाले स्थित भेडे खोलामा आएको लेदो आई घोराही-होलेरी सडक खण्ड अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल उक्त स्थानमा अ.प्र. पोष्ट नयाँ बसपार्क घोराही, प्रहरी टोली खटिई गई JCB झिकाई उक्त लेदो फाली सुचारु गराएकोमा पुनः लेदो आई सडक अवरुद्ध भएको ।
२.घोराही-तुलसीपुर सडकको सेवार खोला स्थित डाईभर्सन बगाई सडक अवरुद्ध भएको
मिति २०८१।०३।२२ गते अन्दाजी ०८:३० बजेको समयमा जिल्ला दाङ घोराही उ.म.न.पा. वडा नं.१६ सर्रा स्थित रहेको सेवार खोलामा अविरल वर्षातका कारण पानीको वहाव बढ्न गई घोराही-तुलसीपुर सडक खण्डको बाटो अ. ३०/३५ मिटर बगाउदा बाटो अवरोध भएको, घोराहीबाट तुलसीपुरतर्फ जानको लागी बैकल्पिक बाटोको प्रयोग गरी सवारी साधनहरुको आवत जावत भईरहेको ।
३. खोला तर्ने क्रममा ट्याक्टर पल्टिदा मानिसको मृत्यू भएको र सडक अवरुद्ध भएको
मिति २०८१।०३।२२ गते अन्दाजी १०:४५ बजेको समयमा जिल्ला दाङ राजपुर गा.पा. वडा नं.५ सालभौडी स्थितमा रहेको गंगडी खोलामा ऐ.ऐ. बस्ने वर्ष अ.२३ को महेश यादवले चलाएको रा १ त ४१६६ नं. को ट्याक्टर गंगडी खोला तर्ने क्रममा ट्याक्टर पल्टिदा २ जना सवार मध्ये एक जना सवार ऐ. बस्ने वर्ष अ. २४ को राज कुमार चौधरीको टाउकोमा सामान्य चोट लागेको र चालक खोलाबाट बाहिर निस्केको सामान्य रहेको, ऐ.ऐ. सालभौडी बस्ने वर्ष अ. ५१/५२ को छेदुराम चौधरी खोलामा बगी बेपत्ता भएको, ट्याक्टर सोही खोलामा फसेको भन्ने खबर प्राप्त हुन साथ उक्त स्थानमा प्र.चौ. चंगुवा दाङबाट प्र.स.नि. को कमाण्डमा ५ जना र इ.प्र.का.गढवा दाङबाट प्र.नि. को कमाण्डमा ७ जनाको प्रहरी टोली खटिई गई निजको खोज तलास कार्य भईरहेकोमा ऐ.१२:१० बजे खोलाको पानी घटी ट्याक्टर निकाल्ने क्रममा वेपत्ता भएको छेदुराम चौधरीट्याक्टरले च्यापिएर मृत अवस्थामा फेला, साथै, उक्त सडक खण्ड अवरुद्ध भएको ।
४. ड्याम फुट्न गई कच्ची सडक बगाई क्षति भएको तथा सडक अवरुद्ध भएको
मिति २०८१।०३।२२ गते अन्दाजी १२:०० बजे जिल्ला दाङ लमही न.पा. वडा नं.९ ओलिकुटी स्थित रहेको सार्वजनिक पानी पोखरीमा अविरल वर्षातको कारणले पानीको मात्रा बढन गई पोखरीको ड्याम फुट्दा उक्त ड्याम सँगै सटेको तेलिया देखि तरुलिया जाने कच्ची सडक खण्डको अ.१२/१५ मिटर सडक भत्किएर (बगाएर) क्षति पुऱ्याई आवतजावतमा अवरोध भएको ।
५. बबई नदीमा बाढी आई अमिलिया-तुलसीपुर सडक खण्ड अवरुद्ध भएको
मिति २०८१।०३।२२ गते अविरल वर्षाको कारण अन्दाजी १५:३० बजेको समय देखि तुलसीपुर-अमिलिया सडक खण्डको तुलसीपुर उ.म.न.पा.वडा नं.१३ स्थित रहेको बबई नदीमा पानीको बहाव बढ्न गई खतराको संकेत भन्दा माथी पानी आएको, तुलसीपुर-अमिलिया सडक खण्ड अवरोध भएको, साथै, उक्त नदीको पानीका कारण तुलसीपुर उ.म.न.पा.वडा नं. ११ बगरपुरका ८/९ वटा घरहरु जोखिममा रहेको र उक्त स्थानमा प्र.चौ. उरहरी दाङबाट प्रहरी टोली खटिई गएको ।
६. राप्ती नदीले मानिस बगाई बेपत्ता बनाएको
मिति २०८१।०३।२२ गते अन्दाजी ०९:३० बजेको समयमा जिल्ला दाङ राजपुर गा.पा. वडा नं.२ बेला बस्ने वर्ष ३४ को दयाराम यादव, ऐ.बस्ने वर्ष ४८ को तुलाराम यादव र ऐ.बस्ने वर्ष अ.१८/१९ को राज कुमार यादव लमही बजारमा दूध बिक्री गरि घर फर्किने क्रममा ऐ, लमही न.पा.वडा नं.७ हस्नापुर स्थित राप्ती नदी पार गर्ने क्रममा नदीमा पानीको बहाव बढेर बिचमा फसेकोमा निज राज कुमार यादव लाई नदिले बगाई बेपत्ता बनाएको अन्य २ जना नदीमा फसेको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा अ.प्र.पोष्ट बन्गै र इ.प्र.का. अमिलिया दाङबाट १५ जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, ४१ नं. रिजर्व गण अर्जुनखोला लमही दाङबाट सहित ४१ जनाको टोली खटिई गई डुङ्गाबाट नदीमा फसेका दुबैजनाको सकुशल उद्दार गरेको, नदीले बगाई वेपत्ता भएका राज कुमार यादवको खोज तलास कार्य भईरहेको ।
७. राप्ती नदीमा आएको बाढी गाउँमा पसी डुबान भएको
मिति २०८१।०३।२२ गते दिउँसो अन्दाजी १३:०० बजेको समयमा जिल्ला दाङ लमही न.पा. वडा नं.८ धमपुरुवा गाउँका अं. २६/२७ वटा घरहरुमा अबिरल बर्षात तथा राप्ती नदीमा आएको बाढीको पानी गाउँमा पस्न गई घरहरु डुबानमा परेको र ऐ. १४:३० बजे सोही बाढी ऐ.८ बग्रपुर (अं. ५०/६० घरधुरी), ऐ. ८ गिधनिया (अ. ४०/५० घरधुरी) र ऐ. ८. फचकपुर (अ.. ४०।५० घरधुरी) बस्तीमा पस्न गई डुवानमा परेको, उक्त स्थानामा प्र.चौ. सतबरिया र इ.प्र.का.अमिलिया दाङबाट ११ जना समेत गरी १६ जना नेपाल प्रहरी र स.प्र.बल नेपाल, नं. २९ गण हे.क्वा. ज्वालामाइ भालुवाङ दाङबाट कमाण्डमा २१ जना र स.प्र.बल नेपाल, नं.४१ रिजर्व गण अर्जुनखोला लमही दाङबाट ११ जना समेत गरी ३२ जना सशस्त्र प्रहरीको टोली खटिई गई उद्दार कार्य भईरहेको ।
८. बबई नदीमा आएको बाढी फर्ममा पसी क्षति पुऱ्याएको
मिति २०८१।०३।२२ गते अन्दाजी १३:२० बजे जिल्ला दाङ घोराही उ.म.न.पा.वडा नं. ७ घुस्रा स्थित अविरल वर्षाका कारण बबई नदीमा आएको बाढी जिल्ला दाङ घोराही उ.म.न.पा.१७ बस्ने नव जि.एम, ऐ.ऐ.बस्ने खुसीराम चौधरी, ऐ.ऐ.बस्ने खगेन्द्र पुन, ऐ.ऐ.बस्ने डोर बहादुर के.सी.ऐ.१३ बस्ने रविलाल घर्तीले संचालन गरेको गोर्खा बायो फर्ममा पसी फर्म भित्र रहेका २५ वटा बंगुरको बच्च्चा, ४ वटा बाख्रा, १५० वटा हाँस, लोकल कुखुरा १०० वटा, टर्की ४० वटा, सरसामान राख्ने क्याम्प १ वटा नदीले बगाई लगेको र २ तले ईटाले बनेको टिनले छाएको घर समेत डुवान परी घर भित्र रहेको सामानमा समेत क्षति भएको भन्ने खबर प्राप्त हुना साथ तत्काल उक्त स्थानमा अ.प्र. पोष्ट सर्रा दाङबाट प्रहरी टोली खटिई गई ४ वटा बाख्रा, ५ वटा हाँस र १ वटा टर्कीको उद्धार गरिएको उद्दार कार्य भईरहेको, क्षतीको थप विवरण आउन बाँकी रहेको
९. राप्ती नदीमा आएको बाढीले मानिसलाई बेपत्ता बनाएको
मिति २०८१।०३।२२ गते अन्दाजी १४:३० बजे जिल्ला दाङ लमही न.पा. वडा नं.८ बग्रपुर स्थित ऐ.८ नँयाबस्ती बस्ने वर्ष ६२ को मनिराम चौधरी ऐ. ११:०० बजे घरबाट अ.४ कि.मि. पश्चिम ऐ.बग्रपुर गएकोमा अविरल वर्षातको कारण राप्ती नदीको बहाव बढ्न बढी बग्रापुर टोलमा बाढी आउदा निज मनिराम चौधरीलाई बगाई बेपत्ता भएको भन्ने खबर निजको छोरा वर्ष ३५ को किसन चौधरी खबर गर्नासाथ तत्काल उक्त स्थानमा १६ जना नेपाल प्रहरी र स.प्र.बल नेपाल, नं. २९ गण हे.क्वा. ज्वालामाइ भालुवाङ दाङबाट २१ जना र स.प्र.बल नेपाल, नं.४१ रिजर्व गण अर्जुनखोला लमही दाङबाट ११ जना गरी ३२ जना सशस्त्र प्रहरीको टोली समेत खटिई गई निजको खोज तलास कार्य भईरहेको ।
१०. कुखुराको फर्ममा पानी पसी कुखुरा मरेको
मिति २०८१।०३।२२ गते अन्दाजी १४:५५ बजेको समयमा अविरल वर्षाको कारण जिल्ला दाङ राप्ती गा.पा. वडा नं. ६ बडका गल्ली बस्ने वर्ष ४५ को गोविन्द कुँवरको बोईलर कुखुराको फर्ममा पानी पस्न गई उक्त फर्ममा रहेका अ.१०५ कुखुरा मध्ये २५ ओटा बोईलर कुखुरा मरेको फर्म नजिकै रहेको भान्छा घरमा रहेको भाँडा वतन, कुखुराको दाना बगाई अ.रु.७०,०००।- (सत्तरी हजार) बराबरको क्षति भएको, उक्त स्थानमा इ.प्र.का. सिसहनिया दाङबाट प्रहरी टोली खटिई गएको ।
११. बबई नदीमा आएको बाढीले झोलुङ्गे पुलमा क्षति पुऱ्याएको
मिति २०८१।०३।२१ गते राति देखि लगातार परेको अविरल वर्षातको कारणले बबई नदीमा बाढी आई मिति २०८१।०३।२२ गते दिउँसो अन्दाजी १५:५० बजेको समयमा जिल्ला दाङ बबई गाउँपालिका वडा नं.४ बैबाङ र ऐ. वडा नं. १ रहरपुर जोड्ने (बबई नदीमा निर्माण गरेको) झोलुङ्गे पुलको दंगिशरण गा.पा.वडा नं. १ रहरपुर साईडको पुलको पिलर बगाई पुलमा क्षति पुऱ्याई उक्त पुलमा आवतजावत बन्द भएको ।
मिति २०८१।०३।२२ गते ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया