कांग्रेसद्वारा बाढी, पहिरो र डुवानमा परेकाहरूको उद्धारमा खटिन भ्रातृ संस्थाहरूलाई निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बाढी, पहिरो र डुवानका कारण समस्यामा परेका नागरिकहरूलाई सहयोग गर्न सबै नेता, कार्यकर्ता, भ्रातृ र शुभेच्छुक संस्थाका सदस्यहरूलाई आग्रह गरेको छ ।
शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकले उद्धार र राहतमा खटिन आग्रह गरेको हो ।
कांग्रेसले भनेको छ, ‘अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरो, डुवानले गर्दा नागरिकको जनजीवन कष्टकर भएको छ ।’
‘प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न यो बैठक नेपाल सरकारसँग आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
‘बाढी, पहिरो र डुवानका कारण समस्यामा परेका नागरिकहरूलाई सहयोग गर्न नेपाली कांग्रेसका सबै साथीहरू, भ्रातृ र शुभेच्छुक संस्थाका साथीहरूलाई यो बैठक आग्रह गर्दछ’, प्रमुख सचेतक रमेश लेखकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया