देउखुरीको गंगदी खोलाको बाढीमा ट्याक्टर फस्दा १ जनाको मृत्यु

दशरथ घिमिरे

लमही । दाङको देउखुरी उपत्यकास्थित गंगदी खोलामा आएको बाढीमा ट्याक्टर फसेर एकजनाको मृत्यु भएको छ ।

राजपुर गाउँपालिका–५ स्थित गंगदी खोलामा ट्याक्टर फस्दा त्यसमा सवार सोही ठाउँ निवासी ५२ वर्षीय छेदीराम चौधरीको मृत्यु भएको वडाध्यक्ष टंकबहादुर बिष्टले जानकारी दिएका छन् ।

ट्याक्टरमा चालकसहित तीन जना सवार रहेका थिए । खोला तर्ने क्रममा खाडलमा ट्याक्टर फसेपछि छेदीराम चौधरीको खुट्टा फस्दा बाढीमा डुबेर मृत्यु भएको वडाध्यक्ष बिष्टले बताए । दुई जना सकुशल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीका अनुसार रा १ त २१६६ नम्बरको ट्याक्टर खोला पार गर्ने क्रममा फसेको थियो ।

ट्याक्टर चालक महेश यादव र राजकुमार चौधरीलाई उद्दार गरिएको छ ।

Published : Saturday, 2024 July 6, 12:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया