शंकरदेव पुगेपछि कांग्रेस सह-महामन्त्री उपाध्यायले पद्म कन्या कलेजको महिला भलिबल सम्झिइन्

काठमाडौं । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले शंकरदेव क्याम्पसले आयोजना गरेको भलिबल प्रतियोगिताको प्रशंसा गर्दै आफू पद्म कन्या कलेजको स्वतन्त्र युनियन (स्ववियु)को सभापति हुँदा पहिलो पटक महिला भलिबल प्रयोगिता गरेको स्मरण गरेकी छिन् ।

शुक्रबार शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)द्वारा आयोजित टीयू बीबीएम कप २०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उपाध्यायले २०४४ सालमा आफूले पहिलो पटक ईन्टर कलेज महिला भलिबल प्रतियोगिता आयोजना गरेको बताइन् । त्यो बेला महिलाहरू खुलेर बाहिर आउन नसक्ने समयमा बलिबल प्रतियोगिता गरेको भन्दै उनले शंकरदेव कलेजको स्ववियुले पनि प्रतियोगिता गरेर राम्रो काम गरेको बताइन् ।

उनले भनिन्, ‘मैले पनि तपाईले जस्तै विद्यार्थी जीवन पार गरेर आएको हुँ । पदम कन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति म पनि हुँ ।’

‘२०४४ साल, कल्पना गर्नुस् कति वर्ष अगाडि । २०४४ सालमा मैले ईन्टर कलेज महिला भलिबल आयोजना गरेको थिएँ’, सह–महामन्त्री उपाध्यायले भनिन्, ‘जति बेला महिलाहरू बाहिर निस्किन सक्दैन थे ।’

उनले भनिन्, ‘अधिकांश महिलाहरू पदम कन्या क्याम्पसमा मात्रै पढ्थे । सानो संख्यामा मात्रै महिलाहरू अरु कलेजमा पढ्दथे । धेरै विद्यालयहरू पनि थिएन । विश्वविद्यालय पनि थिएन ।’

‘नेपालकै ईतिहाँसमा लाग्छ मैले ईन्टर कलेज भलिबल महिला प्रतियोगिता गरेको २०४४ सालमा पहिलो हो भनेर म यहाँ भन्न चाहन्छु’, उनले भनिन् ।

शंकरदेव क्याम्पसले शिक्षा क्षेत्रमा गरेको योगदानको प्रशंसाद गर्दै पायोनियरको संज्ञा दिएकी छिन् ।

उनले भनिन्, ‘शंकरदेव क्याम्पस शिक्षा क्षेत्रमा नेपालका हरेक क्षेत्रमा पयोनियर भएको शुभरामजीले भन्नुभयो, प्राध्यापकहरूले भन्नुभयो । देशको नागरिकका लागि एउटा पायोनियर कलेज हो ।’

‘यो कलेजको समग्र विकासले देखाएको उत्कृष्ट, समग्र क्षेत्रमा देखाएकोले मुलुकलाई पनि चिनाएको छ भन्ने मलाई विश्वास छ’, उपाध्यायले भनिन् ।

सह–महामन्त्री उपाध्यायले भनिन्, ‘स्वतन्त्र विद्यार्थी युनियन र क्याम्पस प्रशासन यो दुइटाको मेल, समन्वयका कारणले नै आज यो क्याम्पस यसरी माथि उठ्न सकेको छ ।’

शंकरदेव कलेजमा ढल, ट्रान्सफर्मर र भौतिक संरचनाको समस्या रहेको जानकारी आएको भन्दै उपाध्यायले ती समस्या क्रमशः पूरा गर्दै जाने बताएकी छिन् ।

उनले भनिन्, ‘यो क्याम्पसको ढलको व्यवस्थापन गर्ने भोलि नेपाली कांग्रेसको सरकार भयो भने म गर्छु भनेको थिएँ, म पूरा गर्छु । बागमतीको सरकार बन्दैछ पहिलो काम यो शंकरदेव क्याम्पसको ढलको काम गर्न आग्रह गर्न चाहन्छु ।’

उनले भनिन्, ‘देशको यति ठूलो क्याम्पसमा भौतिक संरचनाका लागि यसरी बजेट मागिरहनु पर्ने थिएन । राज्यको ध्यान दिनुपर्ने थियो । क्याम्पसको भौतिक संरचना बनाउने काममा म पनि साथमा छु ।’

कांग्रेस नेतृ उपाध्यायले भनिन्, ‘ट्रान्सफर्मरको कुरा आएको छ । ट्रान्सफर्मर त सानो कुरा हो । मैले एकै हप्तामा गर्न सक्नु भन्ने लागेको छ । विश्वास छ ।’

कार्यक्रममा सह–महामन्त्री उपाध्यायले भलिबल प्रयोगिताका विजेता टिम र खेलाडीहरूलाई ट्रफी र प्रमाणपत्रहरू वितरण गरेकी थिइन् ।

कांग्रेस नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले उद्घाटन गरेको प्रतियोगितालाई सह–महामन्त्री उपाध्यायले समापन गरेकी हुन् ।

Published : Saturday, 2024 July 6, 9:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया