ढल्यो जोखबहादुरको सरकार, मन्त्रीहरूलाई भोज

काठमाडौं । माओवादी केन्द्र नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ ।
एमालेले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरू फिर्ता बोलाको छ । मुख्यमन्त्री जोखबहादुर महरालाई बिहीबार एमालेका ५ मन्त्रीले सरकारी निवासमा पुगेर राजीनामा बुझाएका छन् ।
एमालेले माओवादीका मुख्यमन्त्री महरालाई दिएको समर्थन फिर्ताको जानकारी लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीलाई पत्रमार्फत जानकारी गराइएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रीहरूको राजीनामा बुझाएका एमालेका मन्त्रीहरूलाई मुख्यमन्त्री महराले भोज खुवाएर पठाएका छन् ।
लुम्बिनी प्रदेशमा गत चैत २३ गते एमालेसहितका ५ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ४८ जनाको समर्थनमा माओवादी केन्द्रका महरा मुख्यमन्त्री बनेका थिए ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया