राष्ट्रिय सहमति सरकारबारे जानकारी दिन कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले बिहीबार सूचना जारी गरेर संसदीय दलको बैठक बोलाएको जनाएको छ । बैठक नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो ३ बजे बस्नेछ ।

बैठकमा असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाएर राष्ट्रिय सहमतिको सरकार बनाउन लागेको विषयको जानकारी गराइनेछ ।

कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार बनाउने र त्यसका लागि एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा सहयोग गर्ने सहमति भएको छ ।

ओलीले करीव साढे १ वर्ष प्रधानमन्त्री चलाएपछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनावी सरकारको नेतृत्व गर्न दिने सहमति भएको छ ।

Published : Thursday, 2024 July 4, 5:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया