आदर्शका ढोङ्गी कुरा गर्ने रास्वपाका मन्त्रीहरू प्रचण्डका कुरा सुनेपछि राजीनामा नदिइ फर्किए

काठमाडौं । आदर्शका ढोङ्गी कुरा गरेर कहिल्यै नथाक्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले राजीनामा दिन अस्वीकार गरेका छन् ।
बालुवाटारमा बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेपछि रास्वपाका मन्त्रीहरू २÷४ दिनका लागि भए पनि मन्त्री पद खाने मुड बनाएर फर्किएका छन् । राजीनामा बुझाउन भनेर बालुवाटार छिरेका रास्वपाका चार जना मन्त्री झण्डा हल्लाउँदै बाहिरिएका छन् ।
प्रधानमन्त्री दाहाललाई भेट्न उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री सुमना श्रेष्ठ र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ पुगेका थिए । सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका गृहमन्त्री लामिछानेले आफू र आफन्त मन्त्रीलाई राजीनामा पत्र बुझाउन दिएनन् ।
प्रधानमन्त्री दाहालले सहयोग गर्न आग्रह गरेपछि रास्वपाका मन्त्रीहरू राजीनामा नबुझाई बालुवाटारबाट फर्केको प्रमुख सचेतक सन्तोष परियारले बताएका छन् ।
एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा रास्वपाका मन्त्रीहरू राजीनामा दिने तयारी स्वरुप प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए ।
प्रधाममन्त्रीले दाहालले आफू विश्वासको मत लिने प्रक्रियामा लाग्ने भएकाले त्यसमा सहयोग गर्न रास्वपाका मन्त्रीहरूलाई आग्रह गरेको परियारले बताए ।
प्रमुख सचेतक परियारले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत लिने भनेपछि हामीले मन्त्रीहरूको राजीनामा दिएनौं ।’
‘छिटो विश्वासको मत लिने प्रक्रियामा लाग्नुहोस् भनेर हामीले भनेका छौैं’, उनले भने । एमालेका मन्त्रीहरूले बुधबार प्रधानमन्त्री दाहाललाई भेट गरेर राजीनामा बुझाएका छन् । एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरू फिर्ता बोलाएपछि दाहाल निकै तनाबमा छन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया