बागमतीमा जमरकट्टेलको सरकार ढालेर कांग्रेसको सरकार बनाउने, नेताहरूबीच आन्तरिक गृहकार्य

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार ढालेर एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने तयारीसँग बागमती प्रदेशको सरकारबारे छलफलहरू शुरु भएका छन् ।

केन्द्रका नेताहरूले केन्द्रीय नेतृत्वका लागि छलफलहरू गरिरहेका बेला नेपाली कांग्रेसका नेताहरूले बागमती प्रदेश सरकार बनाउने विषयमा आन्तरिक गृहकार्य शुरु गरेका छन् । छलफलहरूमा नेताहरूका बीच कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्शहरू भएको स्रोतले जनाएको छ ।

केन्द्र सरकार एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा बनाउने सहमति बनेको छ । प्रदेश सरकारहरू पनि दुई दलबीच प्रारम्भीक रुपमा कसले कहाँ लिने भन्नेबारेमा बाँडफाँट भइसकेका छन् । बागमती प्रदेश कांग्रेसको भागमा परेको छ ।

बागमतीको मुख्यमन्त्री माओवादीका शालिकराम जमरकट्टेल छन् । जमरकट्टेको सरकारलाई छिटोभन्दा छिटो बहिर बिस्थापित गरेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन नेताहरूले परामर्शलाई तीब्र बनाएका छन् ।

Published : Thursday, 2024 July 4, 10:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया