आलोचना सुन्नै चाहँदैनन् सभापति लामिछाने, महामन्त्रीलाई कारबाही

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीको आरोप खेप्दै आएका गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महामन्त्री डा.मुकुल ढकाललाई कारबाही गरेका छन् ।

बुधबार सभापति लामिछानेको निर्देशनमा अनुशासन समितिले महामन्त्री डा.ढकाललाई ७ दिनको लागि पदबाट निम्बलन गरेको छ । बुधबार नै रास्वपाले डा.ढकाललाई निलम्बनको पत्र भिडाएको छ ।

पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै डा.ढकाललाई ७ दिनका लागि निलम्बन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सन्तोष परियारले बताएका छन् ।

केन्द्रीय समितिको बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनीष झालाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

अनुशासन आयोगको सिफारिस बमोजिम केन्द्रीय समितिले महामन्त्री तथा प्रवक्ता पदबाट तत्काल लागू हुने गरी ७ दिनका लागि निलम्बन गरिएको उपसभापति डोलप्रसाद अर्यालले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

महामन्त्री डा.ढकालले आफूलाई स्पष्टीकरणको मौका समेत नदिएर कारबाही गरिएको बताएका छन् । राजनीतिक दलसम्बन्धी ऐन र प्रचलित लोकतान्त्रिक अभ्यास अनुरूप कारबाही नभएको बताएका छन् ।

सभापति लामिछानेले आफूविरुद्धका आवाजलाई दमन गर्दै आएको तथ्य र प्रमाण बाहिरिएको छ । लामिछानेले आफ्नो आलोचना सहन सक्दैनन् । पार्टीका लागि रचनात्मक आलोचना गर्ने महामन्त्री डा.ढकाललाई कारबाही गर्नु सभापति लामिछानेको अहँकार र चरम निरंकुशता रहेको टिप्पणी भएको छ ।

Published : Thursday, 2024 July 4, 10:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया