कृषि मन्त्रालयका कर्मचारी समायोजनको समस्या समाधान गर्न सभापति डा.राणाको निर्देशन

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत देखिएको कर्मचारी समायोजनको समस्या समाधान गर्न निर्देशन दिएको छ ।
सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले मन्त्रालयअन्तर्गतका कर्मचारी समायोजन नहुँदा समस्या भएकाले समायोजन गर्न निर्देशन दिएको सभापति डा.आरजु राणा देउवाले बताएकी छिन् ।
यसअघि मन्त्रालयअन्तर्गत व्यक्ति समायोजन भए पनि पद अस्थायी पुल भनी राखिँदा कर्मचारी सेवा निवृत्त भएपनि १८–२० वर्षदेखि काम गर्दै आएका अधिकृतको बढुवा हुन नसकी समस्या हुँदै आएको समिति सभापति डा.राणाले बताइन् ।
डा.राणाले समस्या छिटो समाधान गर्न सरकारलाई निर्देशन दिएको बताइन् ।
उनले कृषि समितिमा सरकारले विधेयक दिन नसक्दा काम गर्ने वातावरण नभएको बताएकी छिन् ।
कृषि समितिका सदस्य काम गर्न तयार भए पनि समितिमा एउटा पनि विधेयक नहुँदा काम नपाएको सभापति डा.राणाले बताइन् ।
समितिले कानून मन्त्रालयलाई पशु कल्याण अधिकारसँग सम्बन्धित कानुनको तर्जुमामा तदारुकता देखाउन आग्रह गरेको छ ।
कृषि समितिमा कुनै विधेयक आएमा छिटो काम हुने सभापति डा.राणाले बताएकी छिन् ।
उनले सरकारले कृषि वस्तु देशमा उत्पादन हुने र बाहिरबाट आयात हुने समय अवधिको पहिचान गरी त्यहीअनुसार आयात गर्ने नीति अपनाउन आवश्यक रहेको बताएकी छिन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया