तीस दिन अझै बाँकी छ, गृह र अर्थमन्त्रीलाई फाइल खोल्न कांग्रेस सांसद जीतजंग बस्नेतको चुनौति

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीतजंग बस्नेतले फाइल खोल्न खोज्दा सरकार ढलेको भनेर दिएका अभिव्यक्तिहरूको रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई अझै समय रहेको भन्दै फाइल खोल्न चुनौति दिएका छन् ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद बस्नेतले गृहमन्त्री लामिछाने र अर्थमन्त्री पुनलाई अझै ३० दिनको समय रहेको भन्दै फाइल खोलेर अनुसन्धान अगाडि बढाउन सुझाव दिए । उनले फाइल खुल्दा सहकारी ठगी र सुन तस्करी काण्डहरूको पनि खोल्न सुझाव दिए ।
बस्नेतले भने, ‘जहाँसम्म अगी पनि कुरा आयो । मैले अर्थमन्त्रीज्यू र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षज्यूका, अनलाइन खबरहरू पनि हेरौँ । म स्पष्ट भन्न चाहन्छु । प्रधानमन्त्रीज्यूले पनि भनिसक्नुभयो हामी विश्वासको मत लिन्छौँ । सय दिन । विश्वासको मत लिँदा ३० दिन हुन्छ । संविधानले दिन्छ । लिनुस् ।’
‘३० दिनमा तपाईले हाम्रो फाइल खोल्नुस् । तपाईले फाइल खोल्ने भनेको होइन । हाम्रो फाइलहरू खोल्नुस्’, सांसद बस्नेतले भने ।
‘यही कुरा अघि पनि आयो । जहाँ पनि आएको छ । स्वतन्त्र पार्टीले भनेको छ, फाइलहरू खोल्नु पर्यो । सबै फाइलहरू खोलौँ । कहाँ कहाँ खोल्नुपर्ने फाइलहरू त्यो सबै खोलौँ’, उनले भने, ‘तपाईहरूसँग पुलिस प्रशासन छ । बेचन झा समातिएको छ । प्रतीक थापा समातेको छ । आज फाइल खोलौं । हामी तयार छौँ रेडी छौँ । हिजो पनि रेडी भएको हो । आज पनि रेडी छौँ ।’
सांसद बस्नेतले भने, ‘फाइल खोल्ने धम्की नदिउँ । ब्ल्याकमेलिङको राजनीति नगरौँ । फाइल खोल्ने हो भने नेपाली कांग्रेस सरकारमा आएपछि फाइल खोल्ने हो । म त्यो पक्षमा छु । सुनका फाइल पनि खोलिन्छन् । के के फाइल खोल्ने हो खोलिन्छन् ।’
सांसद बस्नेतले भने, ‘अब सरकार परिवर्तनको कुरा हो । हामी प्रतिपक्षमा हौँ । चाडढोभन्दा चाडो निकास दिनुप¥यो । हामी चाँडोभन्दा चाँडो सरकारमा जान चाहन्छौँ । यो प्रष्ट कुरो हो । यसमा प्रष्ट कुरो गर्नै प¥यो ।’
‘जहाँसम्म संविधानको कुरा छ । लोकतन्त्रको कुरा छ । धर्मनिरपेक्षताको कुरा छ । फ्रिडम अफ एक्सप्रेसनको कुरा छ । हिजोदेखिकै कुरा हुन् । यसमा हामी कहिल्यै पनि झुकेनौँ, कहिँ पनि टुटेनौँ । हाम्रोमा फरक मत केही पनि छैन । हामी यसमै छौँ’, उनले भने ।
‘जहासम्म धोका दिँदाखेरी चाहिँ दुइटा धोका खाएको व्यक्तिहरू, दुइटा धोका खाएको पार्टीहरू मिलेको हो’, उनले भने, ‘कांग्रेस पनि दुईचोटी धोका खायो । एमाले पनि बारम्बार धोका खायो ।’
‘अब प्रधानमन्त्रीज्यू के भन्नु हुन्छ भने ड्याङ्ग एउटा खुट्टाले यताबाट हान्छु, अर्को खुट्टाले उताबाट हान्छु, बल खेलेको खेलै गर्छु भन्नु हुन्छ’, उनले भने ।
‘अब यो बल खेल्न नदिउँ भनेर चाहिँ यो सहमति र सहकार्य भएको हो । यो उन्नति र प्रगति विकासकै लागि समृद्ध देशकै लागि यो भएको हो’, कांग्रेसका सांसद बस्नेतले भने ।
बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया