राष्ट्रिय सहमतिमा सरकार बन्छ, यो प्रयोग पहिला हामीले गरिसकेका छौँ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले विगतमा दुई ठूला दलहरू मिलेर राष्ट्रिय सहमतिको सरकार बनाइसकेको उदाहरण रहेको बताएका छन् ।
बुधबार बुढानिलकण्ठमा बसेको पदाधिकारीहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै लेखकले विगतमा २ ठूला दलले राष्ट्रिय सहमतिको सरकार बनाएको अभ्यास रहेको बताए ।
लेखकले भने, ‘पहिला हेरौँ न । प्रतिपक्ष रहन्छ की रहँदैन । कहिले काहिँ लोकतन्त्रमा पनि संसदीय पद्धतिमा पनि मुलुकका केही महत्वपूर्ण विषयलाई सम्बोधन गर्नका लागि राष्ट्रिय सहमतिमा पनि सरकार बन्छ ।’
‘सबै दल मिलेर पनि सरकार बन्छ । यो प्रयोग पहिला हामीले गरिसकेका छौँ । संविधान बनाउने बेलामा पनि प्रयोग गरेका छौँ’, लेखकले भने, ‘त्यसले सार्थक परिणाम पनि दिएको छ । त्यस कारण राष्ट्रिय सहमतिको सरकार बन्नु हुँदैन भन्ने होइन ।’
‘कहिले काहिँ मुलुकमा विशिष्ट परिस्थितिमा विशेष एजेण्डाहरूलाई सम्बोधन गर्न मुलुक, राष्ट्रको जनताको हितमा काम गर्न राष्ट्रिय सहमतिमा सरकार बन्छन्’, उनले भने, ‘यसलाई लोकतन्त्र विरोधी कुरा हो भन्न मिल्दैन ।’
नेता लेखकले भने, ‘तथापि आजको परिस्थितिमा सबै सरकारमा बस्छन् की ? कोही अपोजिशनमा बस्छन् ? त्यसपछि हेरौँला ।’
नेता लेखकले भने, ‘साना सना दलहरू मिल्दा अस्थिरता हुन थाल्यो । अहिले संसदको निर्वाचन भएको जम्माजम्मी तपाईको २ वर्ष पन भएको छैन । २ वर्ष नहुँदै ४/५ चोटी प्रधानमन्त्रीले विश्वासको मत लिनुभएको होइन ? भावमा हेर्दा त त्यति पटक सरकार अस्थिर हो नी ? त्यसको प्रभाव कहाँ पर्यो ? प्रदेशमा पर्यो ।’
‘ठूला दल नमिल्दा अस्थिरता हुन थाल्यो । मुलुकको अर्थतन्त्रले लय समात्न सकेन । राष्ट्रिय स्वार्थको सुरक्षा हुन सकने भने यी सबै कुराहरू गर्नको लागि संविधानको समक्षा गर्ने विषय छ, आवश्यक्ता पर्दा संविधान संशोधन गर्ने विषय छ’, लेखकले भने, ‘यी सबै समस्या सम्बोधन गर्न सबै ठूला दल एकठाउँमा आउनु पर्यो । यो प्रयोग सफल भएको छ । यो प्रयोगलाई सफल गर्नुपर्छ ।’
‘एमाले र हाम्रोबीचमा भएको सहमतिलाई पूर्ण रुपले कार्यान्वयन गर्ने हाम्रो दृष्ढता छ’, नेता लेखकले भने ।
‘संविधान संशोधन भनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशिता विषय छ । यो विषयलाई थप सुदृढ पार्न । यो विषयलाई थप उन्नत बनाउनका लागि र यसलाई थप राम्रो गर्नका लागि । अहिले संविधानमा भएका विषय व्यवस्थालाई कमजोर गर्ने, काट्ने, हटाउने भनेको होइन’, लेखकले भने, ‘संविधानको कार्यान्वयनको सन्दर्भमा, व्यवहारमा, प्रयोगमा, अभ्यासमा केही जटिलताहरू देखिएका छन् । कमिकमजोरी छन् भने त्यसलाई झन् संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशिताको पक्षमा झन् राम्रो बनाउने भनेको हो ।’
नेता लेखकले भने, ‘संविधान आफैले पनि १० वर्षपछि समीक्षा गर्नुपर्छ भनेको छ । ८ वर्ष भइसक्यो । संविधान आफैले भनेको कुरा हो । हामीले भनेको कुरा होइन । अब १० वर्ष पुग्न लाग्यो । संविधानको अभ्यासको समीक्षा गरौँ । संविधानको अभ्यास गर्दा के राम्रा परिणाम निस्किए, के नराम्रा कुरा भए ? समावेशी राज्य निर्माण गर्ने कुरालाई कसरी अझ थप राम्रो गराउन सकिन्छ त्यसका बारेमा संविधानको समक्षा गर्ने ।’
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया