सहकारीको करोडौं ठगी, कीर्ते, जालसाजीको मुद्दा खेप्दै आएका लामिछानेले पंगु कुरा बोले

काठमाडौं । ठगी, कीर्ते, सहकारीको करोडौं रकम अलचन लगायतका काण्डमा मुद्दा झेल्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खोल्दा सरकार ढलेको भनेर हास्यास्पद प्रतिक्रिया दिएका छन् ।

मंगलबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्तासमीकरणमा फेरबदल हुन लागेको बताए ।

सहकारीको करोडौं रकम ठगीको अभियोग लागेर संसदीय छानविन समितिमा तानिएका लामिछानेले आफूले भ्रष्टाचारका फाइल खोल्न थालेपछि रातारात सरकार परिवर्तनको प्रयत्न गरिएको हास्यास्पद प्रतिक्रिया दिएका छन् ।
उनले एकाएक संविधान जोगाउनुपर्ने चिन्ता कसरी भयो ? भन्दै उनले प्रश्न गरेका छन् ।

‘अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि ! जुन ढंगले सरकार अघि बढेको छ, तपाईंहरू नै भन्नुहुन्थ्यो– फाइल खोलनुप¥यो, फाइल यस्तो खुल्यो कि त्यो एक रात पनि टिक्न नसक्ने भयो’, लामिछानेले भने ।

अब पनि नौटंकी पत्याउँछन् भन्ने लागेको छ लामिछानेजीलाई ? भनेर सामाजिक सञ्जालमा प्रश्न उठेको छ ।
‘तपाईं आँफै सिसाको घरमा हुनुहुन्छ, जबसम्म त्यहाँबाट बाहिर आउनुहुन्न अरुको घरमा ढुंगा हान्न सक्नुहुन्न’, सामाजिक सञ्जालमा भनिएको छ ।

‘यदि तपाईंले साँच्चिकै केहि गर्न चाहानुहुन्थ्यो भने ४ महिनाको समय फाइल खोल्न पर्याप्त थियो’, लामिछानेलाई सामाजिक सञ्जालमा भनिएको छ ।
‘शेरबहादुर देउवाले केपी ओलीलाई भेटेपछि तपाईंको मनमा चिसो पस्यो र भन्न थाल्नुभो फाइल खोल्ने तैयारीमा छौं’, सामाजिक सञ्जालमा भनिएको छ ।

‘सरकार नगिर्दासम्म यसै भनिरहने र सरकार गिर्न लागेपछि फाइल खोल्न लागेको थाहा पाएर सरकार गिराए भनिदिने’, लामिछानेलाई सामाजिक सञ्जालमा प्रश्न गर्दै भनिएको छ, ‘यस्तो काइते राजनीति तपाईंभन्दा पहिला पनि थुप्रै भएका हुन् र तपाईंले पनि त्यहि गरिरहनु भएको छ । एकरति पनि विश्वास रहेन अब तपाईंको चटके गफमा ।’

Published : Tuesday, 2024 July 2, 5:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया