समितिले प्रस्तावित निर्वाचन आयुक्त प्रधानसँग भावी योजना र उजुरीहरूमा २० र २१ गते सुनुवाई गर्ने

काठमाडौं । संसदीय सुनुवाई समितिले निर्वाचन आयोगका लागि प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानसँग भावी योजना र उजुरीहरूका बारेमा असार २० र २१ गते सुनुवाइ गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलवार बसेको समितिको बैठकले प्रधानमाथि परेका उजुरी र भावी कार्ययोजनासहितको सुनुवाइ गर्ने मिति तय गरेको छ ।
प्रधानमाथिको सुनुवाई गर्ने सम्बन्धमा छलफल गरी समितिले सचिवालयको तर्फबाट प्रस्तावित असार २० र २१ गतेको मिति परिमार्जनसहित पारित गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपतिशम्शेर जबराले बताएका छन् ।
अधिवक्ता प्रधानलाई असार २ गते बसेको संवैधानिक परिषद् बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा सिफारिस गरेको थियो ।
प्रधान नेपाल कानून समाजका कार्यकारी निर्देशक हुन् । निर्वाचन पर्यवेक्षकको रुपमा समेत काम गरिसकेका प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया