संविधान संशोधनका लागि आयोग बनेको छैन, राति राष्ट्रपतिलाई देउवा-ओलीले भेट्नुभएको छैन : प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.महतले सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीले सोमबार राति भेट गरेको समाचारहरू झुठ्ठा रहेको बताएका छन् ।

मंगलबार बिहान बुढानिलकण्ठमा पत्रकारहरूसँग कुरा गर्दै डा.महतले भने, ‘हिजो सञ्चारमाध्यममा पार्टी सभापति शेरबहादुर देउवा राष्ट्रपतिकोमा पुग्नुभयो । ओलीजी पुग्नुभयो भन्ने कुरामा कुनै सत्यता छैन ।’

‘संविधानका सम्बन्धमा आयोग बनाउन, ड्राफ्ट बनाउने कुरामा पनि कुनै सत्यता छैन’, उनले भने, ‘मूलभुत रुपमा संविधान संशोधनको सैद्धान्तिक विषय र स्थिरताको विषय । आर्थिक विकास र आर्थिक वृद्धिमा जुन समस्या देखिएको छ त्यसलाई समाधान गर्नको लागि ठूला दलहरू एकठाउँमा आएर सुनिस्चितता दिने मूल आशयका साथ वृहत्तर राष्ट्रिय हितमा यो समझदारी बनेको छ ।’

Published : Tuesday, 2024 July 2, 12:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया