राष्ट्रिय सहमतिको सरकार बने पनि प्रधानमन्त्रीमा ओली-देउवाबीच आलोपालो गर्ने सहमति : कांग्रेस

काठमाडौं । केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाए पनि प्रधानमन्त्रीमा नेपाली कांग्रेस र एमालेबीच आलोपालो गर्ने सहमति बनेको छ ।
मंगलबार बुढानिलकण्ठमा बसेको कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठकमा एमाले र कांग्रेसबीच प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन् ।
उनले सबै दलहरूसँग परामर्श गरेर एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन पहिल भइरहेको जनाए ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता डा.महतले भने, ‘आर्थिक स्थिति र विकास निर्माणमा देखिएको अन्यौलको स्थिति छ । त्यसलाई पनि अन्त्य गर्नको लागि स्थिर राजनीतिक र संविधानलाई समसामयिक रुपमा संशोधन गर्ने, त्यसमा एउटा सहमति जुटाउने हिसाबले अगाडि बढ्नको लागि दुई दलको बीचमा सँगै अगाडि बढ्ने, सरकार निर्माण गरेर अगाडि बढ्ने र त्यसमा आवश्यक्ता अनुसार अन्य दलहरूलाई पनि समावेश गर्ने ।’
‘त्यस कारण राष्ट्रिय सहमतिको सरकार कै नाम दिइएको छ । एमालेका अध्यक्ष केपी ओलीजी र हाम्रो पार्टी सभापति आदरणीय शेरबहादुर देउवाज्यू आलोपालो नेतृत्व गर्ने । नेतृत्व चाहिँ कांग्रेस र एमालेकै हुन्छ । निर्वाचनसम्म । र, त्यसमा अरु दललाई पनि संलग्न गर्न सकिन्छ । आधार नै समझदारीमा भएको छ ।’
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया