एमालेसँग केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनानाउने समझदारी भएको छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सबै दलहरूसँग परामर्श गरेर एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन पहिल भइरहेको जनाएको छ ।
मंगलबार बिहान बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पूर्वपदाधिकारी र पदाधिकारीहरूको बैठकमा राष्ट्रिय सहमतिको सरकारका विषयमा एमालेसँग समझदारी भएको विषयमा छलफल भएको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता डा.प्रकाशशरण महतले भने, ‘आर्थिक स्थिति र विकास निर्माणमा देखिएको अन्यौलको स्थिति छ । त्यसलाई पनि अन्त्य गर्नको लागि स्थिर राजनीतिक र संविधानलाई समसामयिक रुपमा संशोधन गर्ने, त्यसमा एउटा सहमति जुटाउने हिसाबले अगाडि बढ्नको लागि दुई दलको बीचमा सँगै अगाडि बढ्ने, सरकार निर्माण गरेर अगाडि बढ्ने र त्यसमा आवश्यक्ता अनुसार अन्य दलहरूलाई पनि समावेश गर्ने ।’
‘त्यस कारण राष्ट्रिय सहमतिको सरकार कै नाम दिइएको छ । एमालेका अध्यक्ष केपी ओलीजी र हाम्रो पार्टी सभापति आदरणीय शेरबहादुर देउवाज्यू आलोपालो नेतृत्व गर्ने । नेतृत्व चाहिँ कांग्रेस र एमालेकै हुन्छ । निर्वाचनसम्म । र, त्यसमा अरु दललाई पनि संलग्न गर्न सकिन्छ । आधार नै समझदारीमा भएको छ ।’
कांग्रेसका प्रवक्ता डा.महतले सभापति देउवा र एमालेका अध्यक्ष ओलीले हिजो राति राष्ट्रपतिलाई भेट गरेको भनेर आएका समाचारहरूको खण्डन गरेका छन् । उनले भने, ‘हिजो सञ्चारमाध्यममा पार्टी सभापति शेरबहादुर देउवा राष्ट्रपतिकोमा पुग्नुभयो । ओलीजी पुग्नुभयो भन्ने कुरामा कुनै सत्यता छैन ।’
‘संविधानका सम्बन्धमा आयोग बनाउन, ड्राफ्ट बनाउने कुरामा पनि कुनै सत्यता छैन । मूलभुत रुपमा संविधान संशोधनको सैद्धान्तिक विषय र स्थिरताको विषय । आर्थिक विकास र आर्थिक वृद्धिमा जुन समस्या देखिएको छ त्यसलाई समाधान गर्नको लागि ठूला दलहरू एकठाउँमा आएर सुनिस्चितता दिने मूल आशयका साथ वृहत्तर राष्ट्रिय हितमा यो समझदारी बनेको छ’, डा.महतले भने ।
‘मन्त्रालय र प्रदेशका विषयमा कुनै सहमति भएको छैन । अवश्य छलफल हुन्छ । कसरी जाने भन्ने विषयमा छलफल हुन्छ’, उनले भने ।
‘अहिले सरकारको नेतृत्व दुई ट्रममा क–कसले गर्छ भन्ने निर्णय हुन्छ । पार्टीबाट कसले नेतृत्व गर्छ भन्ने कुरा टुङ्गो छैन । व्यवहारिक रुपमा हुन्छ’, डा.महतले भने ।
‘राष्ट्रिय सरकारको निम्ति नै हामी केन्द्रित हुन्छौं । संविधान संशोधनमा दुईतिहाई मात्रै पु¥याउनेभन्दा पनि राष्ट्रिय सहमति गर्छौं’, उनले भने ।
‘दुइटा दल एकठाउँमा नआएसम्म अस्थिरताको जडको लामो सृङ्खलाबाट गुज्री रहेका छौँ । संविधानमै अफ्ठ्यारो छ । कांग्रेस र एमाले एक ठाउँमा अनुपर्छ भन्ने राष्ट्रिय आवश्यक्ता नै देखियो । सत्तामा जसरी त्यसरी जानुपर्छ मान्यताभन्दा धेरै माथि उठेर यो समझदारी भएको छ’, प्रवक्ता डा.महतले भने ।
प्रधानमन्त्रीले राजीनामा दिनुभएन भने के गर्ने प्रश्नमा डा.महतले भने, ‘यो विषयमा मैले धेरै जवाफ दिइरहनु पर्ने आवश्यक्ता छैन ।’
उनले भने, ‘देशका महत्वपूर्ण मुद्दाहरू छन् । संविधानको संशोधन । यी तमाम मुद्दाहरूलाई एकीकृत गरेर मात्रै हामी यो सरकार निर्माणको कुरामा संलग्न हुन्छौँ । खाली सत्तामा जानको लागि मात्रै हामी यो समझदारी बनाउँदैनौँ ।’
‘जनताको मुद्दा र चासोलाई केन्द्रमा राखेर एमाले पार्टीसँग समझदारी भएको छ । त्यो समझदारीमा मूलभुत रुपमा स्थायित्वको मूल समस्या छ । जनता पनि चिन्तित छन् । त्यसले आर्थिक स्थिति सुध्रिनको लागि पनि अफ्ठ्यारो पारेको छ । अन्यौलको पनि स्थिति सिर्जना भएको छ’, डा.महतले भने ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया