प्रचण्ड सरकार ढल्ने चर्चा चलिरहेका बेला ओलीद्वारा बालकोटमा मन्त्रीहरूसंग छलफल

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई बालकोटमा बोलाएका छन् ।

ओलीले सोमबार राति करीव ९ बजे बालकोटस्थित निवासमा महासेठलाई बोलाएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने चर्चा चलिरहेका बेला ओलीले महासेठलाई बोलाएका छन् ।

ओलीसँग मन्त्री महासेठको के कुराकानी भएको केही भनिएको छैन । महासेठ सरकारमा एमालेको तर्फबाट सरकारको नेतृत्व गरेर उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री छन् ।

अध्यक्ष ओलीले कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीलाई पनि बालकोट बोलाएका छन् । अध्यक्ष ओलीले एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरूसँग पनि छलफल गरेको बुझिएको छ ।

Published : Monday, 2024 July 1, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया