कांग्रेसका खतिवडाले भने- गिरीबन्धु टि इस्टेटको जस्तो नीतिगत भ्रष्टाचार रोकिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गिरिबन्धु टि ईस्टेटको जग्गा प्रकरणलाई लिएर बाहिर गलत म्यासेज गएको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा लगानी सहजीकरण सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै खतिवडाले गिरीबन्धु टि ईस्टेटको जग्गामा जस्तो नीतिगत भ्रष्टाचार रोक्नेतर्फ ऐन, कानून बनाउनुपर्ने बताए ।

‘अहिले सर्वोच्च अदालतले गिरीबन्धु टि ईस्टेटको बारेमा एउटा फैसला गरेको छ । फैसला कार्यान्वयन गर्नु भनेको छ’, खतिवडाले भने, ‘लगानीका नाममा हामीले हदबन्दीभन्दा बढिका जग्गाहरूलाई बेच्न दिने भन्नेसम्मको उल्लेख गरेका छौँ । जति पनि नियम बनाउँदै । कानून बनाउँदै आफूलाई मन परेका कुराहरू लगानीका नाममा साटपाट गर्ने र त्यसलाई सुविधा लिने प्रवृत्ति भयो भने त्यो राम्रो हुँदैन ।’

उनले भने, ‘यहि गिरीबन्धु टि ईस्टेटको बारेमा पनि विभिन्न बहानामा यसलाई सहुलियत हुने हो की भन्ने बाहिर एउटा म्यासेज गएको छ । हामी चाहन्छौँ लगानी गर्ने वातावरणको सिर्जना होस् । तर, यो नाउमा नीतिगत रुपमा भएका बदमासी छन् भने त्यसलाई कन्ट्रोल गर्ने वातावरण यो कानूनले गरोस् ।’

‘त्यो सँगसँगै रियल स्टेट कम्पनीहरूले पनि अहिले काम गरेको देखिन्छ । त्यसमा जग्गा किन्न दिने, घर बनाउन दिने, पास गर्ने बेलामा झन्झट उपलब्ध गराउने यो व्यवस्था पनि छ । यसलाई कसरी हुन्छ प्रक्रिया पूरा गरेर विकास गरिएका घरघडेरीहरू, बिजुली, बाटो, खानेपानी, फोहर व्यवस्थापन, मनोरञ्जन क्षेत्र लगायतका क्षेत्रमा यसलाई खुला रुपले क्षेत्र व्यवस्थापन गरेर बिक्री वितरण गर्नका लागि सरकारले अनुमति दिने व्यवस्था गरोस्’, खतिवडाले भने ।

‘हदबन्दी बढि हुन गएमा सो जग्गा सरकारले गरेको मितिले ३ वर्षभित्र बेचबिखन गरि सक्नुपर्नेछ भनिएको छ । हाम्रो दफा (च)को (३)मा व्यवस्था गरिएको छ । यो अबधिभित्र बेचबिखन नगरेमा यस्तो जग्गा बेचबिखन गर्नका लागि नेपाल सरकारको स्वीकृति लिनुपर्नेछ भनेर उल्लेख गरियो । यसले गर्दा केही व्यक्ति मोटाउने र नीतिगत रुपमा बदमासी गर्ने प्रवृत्तिको विकास भयो भने यो हामीले ल्याएको लगानीको वातावरण होइन कमाउने वातावरण सिर्जना हुन्छ भन्ने मैले महशुस गरेको छु’, उनले भने ।

‘फेरि पनि भने नेपाल लगानीमैत्री छ । लगानीको वातावरण सिर्जना हुन सक्छ । यहाँ सबैले लगानीको वातावरण सुनिश्चितता गर्ने वातावरण पोलटिकल पार्टीहरूदेखि कसैले पनि डिस्ट्रब हुँदैन भन्ने वातावरणको कानून बनाओस् यसमा के अफ्ट्याकल छभने अझै पनि मन्त्रीज्यूले यसलाई सहजीकरणतिर लागेर सबैको स्वीकृति हुने खालेका कानून निर्माण गरियोस्’, खतिवडाले भने ।

‘लगानी सहजीकरण सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक आज प्रस्तुत भएको छ । यो विधेयक माननीय मन्त्रीज्यूले । दामोदर भण्डारी मन्त्रीज्यूले प्रस्ताव गर्नुभएको छ’, उनले भने ।

‘नेपाल लगानीको वातावरणमैत्री मुलुक हो भनेर चिनाउन सक्यौँ भने सबैभन्दा ठूलो उपलब्धी हुनेछ’, उनले भने ।

‘हामीले लगानीको वातावरण अहिले पनि सिर्जना गर्न सके जस्तो महशुस भएको छैन । भरखरै अर्थमन्त्रीजीले अहिले…तपाईहरूले सुन्नुभयो । अस्ति लगानी सम्मेलन गर्दा झण्डै २५ सय लगानीकर्ताहरू नेपाल आएको, २५ सय लगानीकर्ता आउँदा नेपालले लगानीका लागि ६ अर्ब मात्रै सहयोगको वातावरण सिर्जना भएको भन्ने उल्लेख भयो । ६ अर्ब भनेको झण्डै ५ सय करोड अमेरिकी डलर होला’, खतिवडाले भने ।

‘यत्रो मुलुक जहाँ हामीले सशस्त्र द्वन्द्वदेखि अहिलेसम्म आउँदाखेरी मुलुमा एउटा लगानीको वातावरण सिर्जना गर्न सकौं । सबै पोलिटकल पार्टीहरू यहाँ मिलेका छन् । लगानी गर्ने सम्भावना छ । लगानी गर्‍यौँ भने यहाँबाट भाग्नु पर्दैन । लगानीकर्ताहरूलाई समातेर जेलमा हाल्दैन । व्यापारीहरूलाई दुःख दिँदैन भन्ने प्रवृत्तिको विकास गर्नुपर्नेमा लगानीकर्ताहरूलाई आउन पनि एयरपोर्टमा भेटियो भने दश हजार, बीस हजार, पचास हजार कति एक लाखभन्दा बढि देख्नेवित्तिकै त्यहिँबाट नेपालमा पैसा ल्याउन नदिने वातावरण सिर्जना भएको छ’, उनले भने ।

‘हाम्रो चाहना के हो भने नेपालमा लगानी गर्न जति लगानी गर्छन् लगानी गर्न अनुमति दिने लगानी गरे वापत ट्याक्स नेपालले लिने र ट्याक्स लिएर मात्रै बाहिर पैसा जान दिने वातावरण सिर्जना गर्नुपर्नेमा त्यो अवस्था अहिले पनि सिर्जना भएको छैन’, उनले भने ।

‘भरखरै यसमा केही कुराहरू आएका छन् । भूमिसम्बन्धी कुरा आएका छन्’, सांसद खतिवडाले भने ।

Published : Monday, 2024 July 1, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया