बीआरआईका लागि चीनले भिडाउन लागेको महँगो व्याजको ऋण लिन नहुने कांग्रेसको निर्णय, अनुदान दिए लिने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले चीनको महत्वकांक्षी योजना बीआरआईका लागि ऋण लिएर कार्यान्वयन गर्न नहुने निर्णय भएको जनाएका छन् ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सोमबार बसेको पूर्वपदाधिकारी र पदाधिकारीहरूको बैठकले बीआरआईलाई अनुदानमा मात्रै अगाडि बढाउन सकिने निर्णय गरिएको प्रवक्ता डा.महतले बताए । एडीबी र वर्ल्ड बैंकको ऋण कार्यान्वयन गर्न नसकिरहेका बेला चीनबाट ऋण लिएर ऋणको थप बोझ बढाउन नहुने उनले बताएका छन् ।

उनले भने, ‘बीआरआईको सन्दर्भमा सरकारले केही गृहकार्य गरिरहेको चीन सरकारका उपविदेशमन्त्री पनि आएको जुन विषय छ । यस विषयमा पनि छलफल भएको छ ।’

‘पार्टीको पूर्वपदाधिकारी, पदाधिकारी बैठकले के निष्कर्ष निकालेको छभने यस विषयमा बीआरआईको कार्यान्वयनका सन्दर्भमा अनुदान सहयोग, हाम्रो धेरै ठूलो ऋणको बोझ पनि भइसक्यो । त्यस कारणलाई यसलाई धेरै ठूलो ऋणको आकारलाई पनि बढाउँदै लैजानु हुँदैन’, डा.महतले भने ।

‘त्यसमाथि पनि धेरै अनुदान सहयोग पनि कार्यान्वयन नभएको अवस्थामा अनुदान लिने गरेर मात्रै यसलाई अगाडि बढाउनुपर्छ । अहिले ऋण लिन सक्ने अवस्था हाम्रो छैन । किन भने बहुपक्षीय एडीबी, वर्ल्ड बैंकबाट प्राप्त ऋणहरू समेत हामीले सहुलियतपूर्ण लामो समयमा तिर्ने ऋण समेत पनि हामीले त्यसलाई उपयोग गर्न नसकेको अवस्थामा हामीले थप ऋण लिएर विकास निर्माणको कारबाही अगाडि बढाउन सकिदैन’, उनले भने ।

‘त्यसमाथि अनुदान सहयोग कै कार्यान्वयन त्यसको उपयोग नभइरहेको अवस्थामा अनुदान सहयोग लिने लिने गरेर मात्रै बीआरआई अगाडि बढाउनुपर्छ । निष्कर्ष पनि हाम्रो छलफलले निकालेको छ’, डा.महतले भने, ‘पार्टीको नीति र दृष्टीकोण पनि त्यहीअनुरुप अगाडि बढ्छ ।’

Published : Monday, 2024 July 1, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया