सभापति देउवाद्वारा ओलीसँगको भेटवार्ताबारे पदाधिकारीहरूलाई जानकारी गराए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी ओलीसँग भएको भेटघाटका बारेमा पदाधिकारीहरूलाई जानकारी गराएका छन् ।
सोमबार बुढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा देउवाले ओलीले चिया खान बोलाएपछि गएको र कुराकानी भएको जानकारी गराएका छन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता डा.प्रकाशशरण महतले भने, ‘छलफल चाहिँ ठूलो पार्टीको हैसियतले सत्तामा नेपाली कांग्रेस पुग्नुपर्छ । सत्तामा जानुपर्छ भन्ने कुरा अनौठो विषय भएन । तर, यो विषयमा यो बैठकमा छलफल भएको छैन ।’
‘तथापि नेतृत्व तहले विभिन्न दलहरूसँग छलफल गरिरहेको छ । राष्ट्रिय मुद्दाहरूमा छलफल गरिरहेको छ । हाम्रो लागि मोर्चा प्रमुख कुरा हो । सत्तामा जानको लागि सत्ता हाम्रो प्राथमिकताको विषय होइन’, डा.महतले भने ।
‘मुद्दाहरूमा एकरुपता आयो, दीर्घकालीन रुपमा अगाडि जाने परिस्थिति बन्यो, त्यो अवस्थामा यो विषयले प्राथमिकता पाउँछ । ती सबै मुद्दाहरूमा छलफल गर्दा एकठाउँमा उभिने परिस्थिति हुँदा यो कुरा अगाडि बढ्ने कुरा हो । त्यस कारण यो विषयमा बोल्नु परिपक्व भइसकेको छैन’, प्रवक्ता डा.महतले भने ।
‘परिपक्व नभइ यो विषयमा बोल्नु उपयुक्त हुँदैन । मूल कुरा हाम्रा लागि मुद्दा हो । विनामुद्दा नेपाली कांग्रेसले खाली सरकारमा जानको लागि प्राथमिकतामा राख्दैन’, उनले भने ।
‘दीर्घकालीन रुपमा सरकार चल्ने, परिणाम मूलक काम गर्न सक्ने । अस्थिरता छ । त्यसको अन्त्य हुन सक्ने । संविधानको निर्वाचन पद्धतिले ल्याएका कम्पिकेशनलाई कम गर्न सक्ने र देशलाई स्थिरता र समृद्धितर्फ उन्मुख गराउन सक्ने, परिस्थितिमा मात्रै हामीले यो विषयलाई बिचार गर्छौं’, डा.महतले भने ।
प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले भने, ‘शीर्ष नेताहरू । मुख्य राजनीतिक दलका नेताहरू र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा नै छलफलमा रहनु हुँदा अनुमानमा रहनु स्वभाविक हो ।’
‘आज उहाँले यति मात्रै भन्नुभयो चिया खान बोलाउनुभयो । हामी गयौँ । बस्यौँ । र, सौहार्दवातावरणमा कुराकानी भयो । अहिले हाम्रो सम्बन्ध सकारात्मक र सुदृढ छ’, नेता विश्वकर्माले भने ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया