पूर्वसचिव अधिकारीलाई संसद सचिवालयको सचिवमा सिफारिस

काठमाडौं । सभामुख देवराज घिमिरले प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि सुरेश अधिकारीलाई सिफारिस गरेका छन् ।

घिमिरेले पूर्वसचिव समेत रहेका अधिकारीलाई सचिवमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका छन् ।

नेपालको संविधानको धारा १०६ तथा संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

अधिकारीको स्थायी घर संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नं. २ मा पर्छ । शिक्षा मन्त्रालयको सचिव पदबाट अधिकारीले केही महिनाअघि अवकास पाएका थिए ।

Published : Monday, 2024 July 1, 5:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया