कांग्रेसको उद्यमशीलता विभागद्वारा उद्योगमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागकी प्रमुख उर्मिला थपलियाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई स्टार्टअपप र लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सुझावसहितको ध्यानाकर्षण पत्र बुझाएकी छिन् ।

सिंहदरबारमा सोमबार थपलियाको नेतृत्वको टोलीले मन्त्री दामोदर भण्डारीलाई मागपत्र बुझाएको हो ।

स्टार्टअप र लघु, घरेलु तथा साना उद्योगहरूसँग जोडिएका क्षमता, अवसर र चुनौतीलाई ध्यानमा राखी विद्यमान नीति र व्यवस्थाको वस्तुपरक विश्लेषण गरी विभागले मन्त्रीको ध्यानकर्षण गराएको छ ।

राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८० ले पनि नवीन एवम् सिर्जनशील सोचु लाई स्टार्टअपको विशेषता मानेको छ, तर नवीनताको मापदण्ड भने स्पष्ट गरेको छैन ।

नवीनताको मापदण्ड स्पष्ट गरी स्टार्टअप नीति र सम्बन्धित कार्यविधि परिमार्जन गर्न विभागले माग गरेको छ ।

विभागले सरकारको आगामी दिनमा सहुलियत कर्जा वितरणको प्रक्रियालाई पारदर्शी बनाउन वितरित कर्जा र त्यसको प्रगति विवरण सोही वेबसाइटमा नियमित अद्यावधिक गराउन ध्यानाकर्षण गराएको छ ।

Published : Monday, 2024 July 1, 2:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया