चरित्रहत्या भएपछि ९ सञ्चारमाध्यमविरुद्ध कांग्रेस नेतृ डा.राणाले दिइन प्रेस काउन्सिलमा उजुरी

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणाले आफूविरुद्ध तथ्यहिन र आधारहिन आरोप लगाएर समाचार प्रकाशन र प्रशासरण भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छिन् ।

कांग्रेस नेतृ डा.राणाले योहो टेलिभिजन, सगरमाथा टेलिभिजन, न्यूज २४ नेपाल टिभी, प्राइम टाइम्स टिभी, कान्तिपुर टिभी एचडी, एकता टिभी नेपाल, नेपाली खबर टिभी, खोजनीति खबर, कलर अफ नेपालविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएकी छिन् ।

कांग्रेस नेतृ डा.राणाको चरित्रहत्या गर्नेको सूचीमा कान्तिपुर टिभी पनि रहेको छ । झिनामसिना टेलिभिजन र सञ्चारमाध्यमले डा.राणाको चरित्रहत्या गर्दै आएका थिए । तर, कान्तिपुर टिभी एचडी नै भ्रामक समाचार प्रकाशित गरेर चरित्रहत्यामा लागेपछि संगठित गिरोह नै कांग्रेस नेतृ डा.राणाविरुद्ध लागेको छ की भनेर प्रश्न उठेको छ ।

उजुरीमा भनिएको छ, ‘सांसद आरजु राणा देउवालाई जोडेर प्रकाशन/प्रशारण भएका समाचारहरू तथ्यहिन, भ्रामक र उहाँको चरित्र हत्या गर्ने मनसायले प्रकाशित भएकोले यसका सम्पादक, प्रकाशक र समाचार तयार गर्ने सञ्चारकर्मीहरूलाई कानूनअनुसार कारबाही गरि उक्त भ्रामक समाचार हटाउन निर्देशन दिन अनुरोध गर्दछु ।’

डा.राणाका स्वकीय सचिव कमल रावलले प्रेस काउन्सिलमा सोमबार उजुरी दर्ता गराएका छन् । कांग्रेस नेतृ डा.राणाविरुद्ध भ्रामक, आधारहिन र चरित्रहत्या हुने गरि जथाभावी समाचार प्रकाशित भएपछि प्रेस काउन्सिलमा उजुरी दिएकी छिन् ।

Published : Monday, 2024 July 1, 1:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया