प्रचण्ड सरकार लापरबाही बन्यो, मन्त्री नआएपछि संसद बैठक स्थगित

काठमाडौं । सरकारको तर्फबाट कुनै पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मन्त्रीको उपस्थितिका लागि माग गरेपछि १५ मिनटका लागि बैठक स्थगित भएको थियो । १५ मिनटपछि प्रतिनिधि सभाको बैठक पुनः सुरु भएको छ ।
बैठक सुरु हुनेवित्तिकै कांग्रेसका सांसद रामकृष्ण यादव उभिएर मन्त्रीको खोजी गरेका थिए । कांग्रेसका अर्का सांसद रामकृष्ण बजगाइँ पनि आफ्नो सिटमा उभिएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रोसँग सरकार चलाउन नसकेको भनेर आलोचना भइरहेका बेला प्रतिनिधि सभाको बैठकमा मन्त्री अनुपस्थित भएर लापरबाही भएको छ ।
Published : Monday, 2024 July 1, 11:54 am
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया