निकै खुसी मुडमा देखिए सभापति देउवा, भाषण लेखेर ल्याएको छु भनेपछि हलमा हाँसो…

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)को अधिवेशनमा लामो भाषण लेखेर ल्याएको छु भनेपछि हल पूरै हाँसो गुञ्जिएको छ ।

आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी)को अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उद्घोषकले छोटो शुभकामना दिन आग्रह गरेपछि सभापति देउवाले ‘सबैले छोटो बोल्छन् भनेर लामो भाषण लेखेर ल्याएको छु’ भनेपछि हलमा रहेका प्रतिनिधि र मञ्चमा बसेका अन्य दलका नेताहरू हाँसेका थिए । सभापति देउवा सो अभिव्यक्ति दिने क्रममा मुसुक्क हाँसेका थिए ।

नेताहरूको भाषण सुनेर निकै उकुसमुकुसको अवस्थामा रहेका प्रतिनिधिहरूलाई सभापति देउवाको अभिव्यक्तिले केही क्षण भए पनि रमाइलो भएको थियो । सभापति देउवा कार्यक्रममा निकै मुडमा देखिएका थिए । हँसिलो अनुहारमा देखिएका देउवालाई प्रतिनिधिहरूले निकै रुचिका साथ सुनेका थिए ।

सभापति देउवाले सम्बोधन गर्ने क्रममा भने, ‘सबैले छोटो बोल्छ भनेर लामो लेखेर ल्याको छु । कहाँ छोटो बोल्ने…धन्यावाद भनेको…।’ सभापति देउवाको कुरा सुनेपछि हलमा खचाखच बसेका प्रतिनिधिहरू सबै गलल हाँसेका थिए ।

नेकपा (एकीकृत समाजवादी)को अधिवेशनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रवि लामिछाने, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो । एमालेका अध्यक्ष केपी ओली भने आएका थिएनन् ।

Published : Sunday, 2024 June 30, 6:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया