डा.आरजु राणासहित कांग्रेस सांसदहरूको प्रस्ताव हरायो, लेखकले कुरा उठाएपछि एमालेद्वारा समर्थन

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले दर्ता गराएको संशोधन प्रस्ताव गायब भएपछि प्रमुख सचेतक रमेश लेखकले आपत्ति जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा आर्थिक विधेयक २०८१ मा संशोधन राखेको प्रस्ताव नआएपछि प्रमुख सचेतक लेखकले प्रश्न उठाएका थिए । लेखकले प्रश्न उठाएपछि सभामुख देवराज घिमिरेले कर्मचारीहरूसँग छलफल गरेर सदनको बैठक अगाडि बढाएका छन् ।

लेखकले संशोधन प्रस्ताव सभामुखको सचिवलाय र संसद सचिवालयका कर्मचारीहरूको लापरबाहीले गायब भएपछि विरोध गरेका छन् ।

कांग्रेसको मागका विषयमा एमालेका सांसद रघुजी पन्तले पनि समर्थन जनाएका थिए । पन्तले पनि कांग्रेसका सांदद अर्थात प्रमुख प्रतिपक्ष दलका सांसदहरूले दर्ता गराएको संशोधन प्रस्ताव हराउनु भनेको गम्भीर विषय रहेको जनाएका छन् ।

कांग्रेसको तर्फबाट डा.प्रकाशशरण महत, डा.आरजु राणा देउवा, दिलेन्द्रप्रसाद बडू, श्याम खड्काले संशोधन प्रस्ताव राखेका थिए । पछि समय दिएपछि डा.महतले आफ्नो संशोधन प्रस्ताव राखेका थिए ।

Published : Sunday, 2024 June 30, 4:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया