क्लाइमेट चेञ्जअनुसार कृषि पेशालाई पनि समयअनुसार परिवर्तन गर्नुपर्छ : सभापति डा.राणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले मौसम परिवर्तनअनुसार नै कृषि पेशालाई ढाल्दै लैजानुपर्ने बताएकी छिन् ।

भक्तपुरमा शनिबार २१औँ धान दिवसका अवसरमा नेपाल महिला संघ भक्तपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति डा.राणाले समग्र कृषिका साथै विशेष गरेर धानको उत्पादनमा ध्यान दिनुपर्ने बताइन् । उनले क्लाइमेट चेञ्जअनुसार कृषि पेशालाई पनि परिवर्तन गरेर जानुपर्ने बताएकी छिन् ।

डा.राणाले भनिन्, ‘समग्र कृषि व्यवसाय र विशेष गरि धानलाई क्लाइमेट चेञ्जसँग अनुकूलन गरेर लग्नुपर्नेछ । वास्तवमा नेपालको लागि यो ठूलो चुनौति छ ।’

‘हाम्रो यत्रो उर्वर जमीन छ । यत्रो राम्रो मलिलो माटो छ । खोलानाला छन् । सबैभन्दा राम्रो कुरा भनेको प्रकृतिले हामीलाई सबै दिएको छ’, सभापति डा.राणाले भनिन्, ‘काम गर्न सक्ने जनशक्ति हुँदाहुँदै पनि हामीले जम्मा ३.८ मेट्रिक टन गर्दा रहेछौँ । यो उत्पादन १ हेक्टरबाट हुँदो रहेछ, हाम्रो ।’

डा.राणाले भनिन्, ‘हाम्रो छिमेकी बंगलादेश हामी जत्रै छ, उनीहरू क्षेत्रफल । हामीभन्दा धेरै ६/७ गुणा पपुलेसन छ । उनीहरूले आफ्नो जनसंख्यालाई पुग्ने चामल खान दिन सकेका छन् । हाम्रोभन्दा ४/५ गुणा धेरै धान उत्पादन गर्दो रहेछ उनीहरू ।’

‘बंगलादेशको प्रगति धानमा हेर्दा मलाई त यहाँको हेरेर साँच्चै उराठ नै लाग्यो । हामीले त नसकेको जस्तो’, सभापति डा.राणाले भनिन्, ‘उनीहरूले क्लाइमेटसँग चेञ्ज गरेर लगेर यस्तो यस्तो जातको धान बनाइसके, जुन चाहिँ नुनिलो पानी, समुद्री पानीमा पनि उम्रिने गर्छ ।’

‘प्रकृतिले नै उनीहरूलाई धेरै गाह्रो ठाउँमा राखिदिए पनि मलिलो माटो सँगसँगै झोर भन्ने ठाउँ हुँदो रहेछ । वेट लाइन जस्तो । तर, नुनिलो पानी भएको त्यसमा पनि धान उमार्न सक्ने उहाँहरूले प्रविधि बनाइसक्नुभयो’, डा.राणाले भनिन् ।

‘त्यसको बीउ उत्पादन गर्न सक्नुभएको छभने हामीले किन सक्दैनौँ त ?’, उनले प्रश्न गर्दै भनिन् ।

‘कृषिका विषयमा सरकारलाई पनि हामीले समितिबाट निर्देशन पनि दिएका छौँ । अन्तर्राष्ट्रिय जगतमा एउटा ईभी भन्ने संस्था रहेछ’, डा.राणाले भनिन्, ‘जसले सम्पूर्ण देशहरूमा धानसम्बन्धी रिसर्च गर्छ । त्यसको नेपाल मेम्बर भयो भने यस्तो किसिमको रिसर्च उनीहरूले नेपालमा पनि लागू गर्छन् ।’

उनले भनिन्, ‘नेपालमा पनि रिसर्च नभएको होइन । दुई तीनथरिको धान छ । नेपालमा रिसर्च भएको धान हामीले आफै पनि उत्पादन गर्न सक्छौँ । धानको रिसर्च नार्कले पनि गर्न सक्छ । बिगतका केही वर्षहरूमा रिसर्चभन्दा त्यसमा पोलिटिकल कुरा धेरै भयो । रिसर्च ईन्स्च्युटहरूमा पोलिटिकल भरिएको छ ।’

सभापति डा.राणाले भनिन्, ‘अहिलेको सरकारलाई हामीले यो रिसर्च गर्ने अर्गनाइजेशनहरूमा साँच्चिकै रिसर्चरहरू राखिदिनुस् र नेपाल सरकारले ईडीको सदस्यता लिन पर्‍यो भनेर आग्रह गरेका छौँ । यतातिर पनि सरकार लागेको हो ।’

‘यो वर्ष कृषितिर ७ प्रतिशतले ५८ लाख मेट्रिक टन धान उत्पादन भएको छ । त्यो भनेर हामी खुसी हुने ठाउँ छैन । किन भने धान उत्पादन गर्ने क्षेत्र घटेको छ’, उनले भनिन् ।

‘हाम्रो देशमा झण्डै दश लाख हेक्टर क्षेत्र बाँझो खेत छ अहिले पनि । हामीले हामीले प्रायः ५ अर्बभन्दा धेरै धान किन्दो रहेछौँ । झण्डै १२ अर्बको धान आयात हुँदो रहेछ । ५ लाख मेट्रिक टन धानको अभाव छ’, उनले भनिन् ।

‘हामीले गर्न नसक्ने होइन । हामीमा भएको ज्ञानलाई उपयोग गरेर बीउ कसरी राम्रो उत्पादन गर्ने ? साथीहरूले भन्नुभयो मलको बारेमा मलखाद नभइकन उम्रिन्न भन्ने ठान्छौँ । हामी अर्गानिक खेती गर्छौ’, सभापति डा.राणाले भनिन् ।

‘अर्गानिक गर्दागर्दै पनि व्यालेन्स रुपले कसरी मल हालेर अलिक धेरै उमार्ने भन्ने च्यालेन्ज छ’, उनले भनिन् ।

सभापति डा.राणाले भनिन्, ‘मलको डिस्ट्रिब्यूट गर्ने सिस्टम पटक्कै भएन । गर्न नखोजेको होइन । मल आउँछ । तर, बाँडिदैन ।’

‘भक्तपुर जस्तो ठाउँमा दुरदराजको ठाउँमा मल कहिले पाउने ? नेपाल सरकारले नेपालमा मल कारखाना बनाउने भनेर रिसर्च गर्ने भनेर कसैलाई प्रमिशन दिएको छ । रिसर्च गर्न अर्थात् डीपीआर बनाउनलाई अझै कति वर्ष लाग्छ रे ? त्यो बेलासम्म हामीले मललाई राम्रोसँग बाँड्न सक्छौँ ? सहकारीमा दिन ठीक छ’, उनले भनिन् ।

‘सहकारीहरूबाट पनि राम्रोसँग मलको डिस्ट्रिब्यूशन नभएको भनेर हामीलाई थाहा छ’, डा.राणाले भनिन् ।

‘हामीले यसमा धेरै पटक कुरा उठाएका छौँ । यो कृषि कार्ड । कृषि कार्ड कहिले पाउने ? भन्ने कुरामा पनि हाम्रो धेरै कुराहरू नेपाल सरकारमा भनेका छौँ । कृषि कार्ड बनाइदिनु पर्‍यो र बजार मूल्यहरू । किन आज हामी धानको कुरा गरेका छौँ । जुन कृषकले अहिले धान रोप्छ अर्को बालीको रुपमा अर्कै कुरा रोप्छ । बीचमा हामी मकै भटमास पनि रोप्छौँ’, सभापति डा.राणाले भनेकी छिन् ।

Published : Sunday, 2024 June 30, 2:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया