रोटरी इण्टरनेशनलद्वारा वरिष्ठ पत्रकार पन्त सम्मानित

काठमाडौं । सामाजिक क्षेत्रमा क्रियाशील रोटरी इण्टरनेशनल डिस्ष्ट्रिक ३२९२ ले पत्रकारिता क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने पत्रकाहरूलाई सम्मान गरेको छ ।
स्वास्थ्य, शिक्षा सामाजिक, वातावण, शान्ति द्वन्द्व, लैंगिक समानता र मानवअधिकार जस्ता विषयमा अन्तर्राष्ट्रियस्तरमै नेतृत्वदायी भूमिका निर्वाह गरेको रोटरी इण्टरनेशनल ३२९२ ले द्वन्द्व न्यूनीकरण, शान्ति र समृद्धिका लागि तीन दशक अगाडिदेखि कलम चलाएको भन्दै नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संजाल इन्जा एशियाका अध्यक्ष वरिष्ठ पत्रकार टंक पन्तलाई सम्मान गरेको हो ।
काठमाडौंमा शनिबार आयोजित विशेष कार्यक्रममा ५१ हजार राशीसहित डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले वरिष्ठ पत्रकार पन्तलाई सम्मान गरेका छन् ।
भैरव रिसाल, तिलक तिवारी, विद्या राई, स्वस्तिक श्रेष्ठ, रामु सापकोटा, बसन्तप्रताप सिंह, अमर सुनारलाई पनि रोटरी इण्टरनेशनल अवार्डवाट सम्मानित गरिएको छ ।
वरिष्ठ पत्रकार पन्तले सँगै कलेज पढ्ने साथीहरू लोकसेवा पढ्दै गर्दा आफू समाजका चुनौति र अनुकरणीय पक्षलाई उजागर गर्ने उद्देश्यले पत्रकारिता प्रारम्भ गरेको बताए । पन्तले पत्रकारितामार्फत आफूले उदाहरणीय पक्ष औल्याएको बताएका छन् ।
रोटरी इण्टरनेशनल डिष्ट्रिक गभर्नर ध्वजूले शान्ति समृद्धि, समाजसेवा र विभिन्न क्षेत्रमा रोटरीले पु¥याएको योगदान अविश्मरणीय मात्र होइन आफैले समय, बुद्धि र लगानी समेत गरेर सेवाभाव गर्ने गरेको बताए । उनले राज्यको चौथो अंगको रुपमा पत्रकारिता क्षेत्रसंग एकसाथ जानुपर्छ भन्ने उद्देश्यले रोटरी इण्टरनेशनलले अवार्ड कमिटी नै बनाएर धेरै मध्येबाट उत्कृष्ट काम गर्ने पत्रकारहरूलाई सम्मान एवं पुरस्कृत गर्ने गरेको बताए ।
रोटरी इण्टरनेशनल डिष्ट्रिक अवार्ड कमिटीका संयोजक नम्रता शर्माले रोटरी आफैमा सामाजिक क्षेत्रसंगै वातावरण, शान्ति, समृद्धि, वातावरण एवं धेरै क्षेत्रमा भूमिका निर्वाह गरेको बताउँदै ध्वजूले रोटरी र पत्रकारिता एकसाथ जानका लागि प्रत्येक वर्ष पत्रकारिता क्षेत्रका मूर्धन्य तर, साच्चिकै क्रियाशील व्याक्तित्वहरूलाई सम्मान गर्ने गरेको बताएका छन् ।
उनले आफैले लगानी गरेर समाजसेवा गर्नु सामान्य कुरा नभएको बताएका छन् । ध्वजूले आगामी दिनमा पनि रोटरीमार्फत धेरै काम गर्न सकिने बताए ।
रोटरी इण्टरनेशलन डिष्ट्रिक अवार्ड कार्यक्रममा डिष्ट्रिक सचिव डा.दिनेश मानन्धर, सचिव दुर्गा सुवेदी, सुरेश आचार्यले पनि रोटरी, समाजसेवा र पत्रकारिताको संवन्धबारे प्रकाश पारेका छन् ।
रोटरी क्लब अफ काठामाडौं डाउनटाउनका अध्यक्ष स्थानेश्वर रेग्मी, सचिव शम्भु उप्रेती पनि सम्मानित भएका छन् । यस वर्ष महत्वपूर्ण भूमिका निर्वाह गरेका अन्य क्लवहरूलाई सम्मान गरिएको छ ।
डिष्ट्रिक गभर्नर ध्वजूको कार्यकाल उत्कृष्ट र अनुकरणीय भएको भन्दै रोटरीका पूर्वअग्रजहरूले प्रशंसा पनि गरेका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया