कांग्रेसको आदिवासी जनजाति महासंघमा ओमबहादुर घर्ती अध्यक्ष, पूरै कार्यसमिति सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले नयाँ कार्यसमिति चयन गरेको छ ।

स्थापना भएको २६ वर्षपछि काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनले अध्यक्षमा ओमबहादुर घर्ती मगरलाई चयन गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन’ भन्ने मूल नाराका साथ २०८१ असार ११, १२ र १३ गते प्रज्ञा भवन, कमलादी काठमाडौंमा सम्पन्न भएको महाधिवेशनले कार्यसमिति चयन गरेको संयोजक विनोदकुमार गुरुङद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

महाधिवेशनको कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । महाधिवेशनमा केन्द्रीय तदर्थ समिति, आवद्ध संघ, अध्यक्षबाट मनोनीत एवं १६५ निर्वाचन क्षेत्र निर्वाचित समेत गरि १ हजार ३ सय २७ जना महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

विनोद गुरुङको संयोजकत्वमा प्रतिनिधि सभा सदस्य कुशुमदेवी थापा मगर र नरेश ताम्राकार सदस्य रहेको निर्वाचन केन्द्रीय समितिले महासंघको विधान २०७९ बमोजिम सर्वसम्मत रुपमा केन्द्रीय कार्यसमिति चयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचित केन्द्रीय कार्यसमितिको अधयक्षमा अध्यक्ष ओमबहादुर घर्ती मगर रहेका छन् । उपाध्यक्षहरूमा युवराज गुरुङ, मनमोहन बुढाथोकी छन्त्याल, विश्वदीप लिङ्देन, महामन्त्रीमा रामजी कोङरेन, मनहरि श्रेष्ठ, जगतबहादुर बराम, सहमहामन्त्री दुर्गा सुनुवार, सुवासचन्द्र राई, श्रुति कुमाल, अभिशेष चौधरी राजवंशी, पेम्बा ग्याल्जेन शेर्पा, खेम चेपाङ, मनोजसिंह दनुवार र तेजबहादुर धिमाल चयन भएका छन् ।

केन्द्रीय सदस्यहरूमा कोशी प्रदेशबाट पासाङ शेर्पा, धनकुमारी मगर, टेकबहादुर गुरुङ, पदम निङ्लेखु लिम्बु, केदारसिं गुरुङ, शिला तामाङ, प्रतीक्षा राई, लोकबहादुर समाल मगर, सुवास लिम्बु, हरिदेवी भुजेल, भगीमान गुरुङ, सुनिताकुमारी उराँव सन्थाल, प्रेमराज तुम्बाहाङ्फे, थामन लामा, खिम तामाङ चयन भएका छन् ।

मधेश प्रदेशबाट केन्द्रीय सदस्य हुनेमा अमिर लामा मोक्तान, प्रतीक्षा महर्जन, धनकुमारी पुलामी मगर, लिलबहादुर गोले, जङ्गबहादुरदास थारु, विजयकुमार मण्डल, चन्दा लामा, चन्द्रिकाकुमारी मगर रहेका छन् ।

बागमती प्रदेशबाट सदस्य हुनेहरूमा तीर्थ लामा, आङटेण्डी शेर्पा, मदनलाल श्रेष्ठ, केसाङ्मु शेर्पा, अर्जुनकुमार गुरुङ, सानुराम घले, मोहनकुमार तामाङ, पशुपति गुरुङ, लक्ष्मीमाया थिङ, खड्गबहादुर वाइवा, सावित्री थापा मगर, जीतबहादुर तामाङ, सरिता श्रेष्ठ, हीरालाल शाक्य, ईन्द्रमाया लामा, योमाया तामाङ, ठाकुर कुमाल, सरिता राना थापा मगर, मोहनलाल तामाङ, आकाश लामा, महेन्द्र थापा मगर, चन्द्रकुमार तामाङ, राजुकुशुम लामा, बाबुराम तामाङ, तेजप्रसाद गुरुङ, इन्द्रबहादुर लामा, कृपा श्रेष्ठ, प्रेमकुमारी तामाङ, हिमाल तामाङ, रिजन मर्हजन, सूर्य श्रेष्ठ, विजय लामा रहेका छन् ।

गण्डकी प्रदेशबाट सदस्यहरू हुनेमा रेनुका काउछा मगर, राजु गुरुङ, माया राना मगर, देवकुमार मानन्धर, बिक्रमबहादुर सारु मगर, गौमाया खण्डलुक मगर, भीमबहादुर गुरुङ, कृष्णकुमार गुरुङ, नरजङ्ग घर्ती मगर, खेमबहादुर गुरुङ रहेका छन् ।

लुम्बिनी प्रदेशबाट सदस्य हुनेहरूमा टोपबहादुर थापा मगर, सावित्रा राना मगर, सीता श्रेष्ठ, थानबहादुर कुँवर मगर, रुपमाया पुन, टिचन गुरुङ, खगेश्वर थापा मगर, रामबहादुर राना मगर, होमबहादुर शेरचन, प्रमोदबहादुर श्रेष्ठ रहेका छन् ।

कर्णाली प्रदेशबाट सदस्यहरू हुनेमा हस्त पुन मगर, नन्दबहादुर गुरुङ, कुनज्याप तामाङ, दुर्गाकुमारी श्रेष्ठ, तिलक मर्साङ्गी मगर, मानबहादुर बुढा मगर, अमरबहादुर रौका मगर, बलिमाया बुढा मगर, भदे बुढा मगर, प्रेमबहादुर राम्जाली मगर, पवित्रा थापा मगर पुन, धनबहादुर घर्ती मगर, निमा छिरिङ रहेका छन् ।

सूदुरपश्चि प्रदेशबाट सदस्य हुनेहरूमा बासुदेवसिंह ऐतवाल, खड्गबहादुर बुढा मगर, बसन्तीदेवी थापा मगर, संजयकुमार बैध रहेका छन् ।

१५ पदाधिकारीसहित १०८ सदस्सीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै भव्यताका साथ महाधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका संयोजक गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Saturday, 2024 June 29, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया