धान दिवसको कार्यक्रममा तरुण अध्यक्ष गुरुङ सहभागी

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ धान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर धान रोपाइ गरेका छन् ।

शनिबार काठमाडौंको कीर्तिपुरमा आयोजित २२औँ धान दिवसको अवसरमा नेपाल कृषि श्रमिक संघले आयोजना गरेको धान रोपाइ एवं दही चिउरा खाने कार्यक्रममा अध्यक्ष गुरुङ सहभागी भएर शुभकामना दिएका छन् ।

कार्यक्रम नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं सांसद राजन केसीले कृषकहरूलाई शुभकामना दिएका छन् ।

नेपाल कृषि प्रधान देश भएकोले कृषिको उत्थानको लागि सिङ्गो नेपाल तरुण दल लाग्नुपर्ने अध्यक्ष गुरुङले बताएका छन् ।

Published : Saturday, 2024 June 29, 4:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया