घोराही सिमेन्टका श्रमिकहरूद्वारा मूल गेटमा प्रदर्शन

घोराही । सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै घोराही सिमेन्ट उद्योगका श्रमिकले दाङमा प्रदर्शन गरेका छन् ।
शनिबार उद्योग र श्रमिक सप्लायर्स कम्पनीको मिलेमतोका कारण आफूहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरूले शनिबार घोराही उपमहानगरपालिकाको गोग्लीस्थित घोराही सिमेन्ट उद्योग मूल गेटमा प्रदर्शन गरेका छन् ।
श्रमिकहरूले न्यूनतम पारिश्रमिक, बैंक खातामा तलब भुक्तानी, सामाजिक सुरक्षा कोष र वातावरण संरक्षण जस्ता माग राखेका छन् ।
प्रदर्शनकारी मजदुरहरूले सरकारले दैनिक ६६८ रुपियाँ न्यूनतम ज्याला तोकेको भए पनि उद्योगले बीचमा श्रमिक सप्लायर्स कम्पनी खडा गरी वर्षौंदेखि प्रतिव्यक्ति प्रतिदिन २०० रुपियाँसम्म ठगी गरेको बताएका छन् ।
श्रमिकहरूले सप्लायर्स कम्पनीले बैंक खातामा तलब नदिई हाल प्रतिदिन ५०० रुपियाँको दरले मात्र दिने गरेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विशाल अधिकारीले विगत १० वर्षमा स्थानीय श्रमिकको २५ करोड रुपियाँभन्दा बढी ठगी गरिएको तथ्याङ्क पाएको बताएका छन् ।
घोराही सिमेन्टको व्यवस्थापनको काम हेर्दै आएका अमर सुबेदीले श्रमिकहरूलाई निकै दुःख दिँदै आएका छन् । सुवेदीका विषयमा पटक पटक आवाज र उजुरी भएका छन् तैपनि सुनुवाइ भएको छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया