पत्रकार महासंघमा भएको हातपातको घटनाप्रति ध्यानाकर्षण, सम्वादका लागि पोखरेलद्वारा अपील

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकार महासंघको निर्वाचनको प्रक्रियामा रहेको भन्दै निर्वाचनलाई उत्सवका रुपमा सम्पन्न गर्नुपर्ने दायित्व सबैको रहेको बताएका छन् ।
शनिबार बिहान विज्ञप्ति जारी गरेर अध्यक्ष पोखरेलले भने, ‘यो प्रक्रियाप्रति कसैको विमति हुँदा संवादको माध्यमबाट त्यसलाई साझा धारणामा रुपान्तरण गर्नका लागि महासंघ सदा तयार छ ।’
‘निर्वाचन प्रक्रियामा असन्तुष्टि जनाएका सबै पक्षलाई वार्तामा आउन र संवादमार्फत निष्कर्षमा पुग्न महासंघ अपील गर्दछ’, अध्यक्ष पोखरेलले भनेका छन् ।
‘नेपाल पत्रकार महासंघको २०८१ असार २२ गते हुने निर्वाचनका लागि काम गरिरहेको अवस्थामा केन्द्रीय निर्वाचन समितिका संयोजक र महासंघका कर्मचारीमाथि केही व्यक्तिहरूले शुक्रबार साँझ गरेको दुर्व्यवहार र हातपातको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भने ।
‘आफ्ना मागहरूप्रति चित्त नबुझे त्यसलाई शान्तिपूर्ण ढंगबाट वार्ता र संवादका माध्यमले टुंग्याउनु पर्नेमा यस्ता अलोकतान्त्रिक क्रियाकलापले विधिको शासन र लोकतन्त्रको समेत उपहास भएको महासंघको ठहर छ’, पोखरेलले भने ।
‘महासंघ यस किसिमका घटनामा संलग्नमाथि कारबाही गरी शान्तिपूर्ण ढंगबाट समस्याको समाधान खोजी निर्वाचनको वातावरण सहज गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ’, अध्यक्ष पोखरेलले भनेका छन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया