एमालेबाट सभामुख बनेका घिमिरेले ज्ञानेन्द्र शाहीको बोल्दाबोल्दै माइक काटिदिए, कालाे हुँदै थचक्क बसे (भिडियो)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले आकस्मिक समयमा बोल्ने क्रममा सभामुख देवराज घिमिरेले फेरि पनि माइक बन्द गरिदिएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा राप्रपाका सांसद शाहीले विभिन्न विषयमा धारणा राखेका थिए । शाहीलाई समय दिने बेला सभामुख घिमिरेले संक्षिप्तमा कुरा राख्न समय दिएका थिए ।
सभामुख घिमिरेले संक्षिप्त भने पनि सांसद शाहीलाई बोल्ने समय तोकेका थिएनन् । शाहीले पनि आफ्ना कुरा छोट्याउने तयारी गरिरहेका बेला सभामुख घिमिरेले माननीय छोट्याउनुस्, सिध्याउनुस् भनेर दवाव दिएका थिए ।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद शाही बोलेर नसकिँदै माइक काटिदिएका थिए । शाहीले बोल्न पनि नपाइने भनेर प्रतिवाद गर्न खोजेपछि सभामुख घिमिरेले अर्को सांसदलाई समय दिएर शाहीलाई बस्नुस् माननीय भनेर बैठक अगाडि बढाएका थिए ।
राप्रपाका सांसदको माइक काटिएको यो पहिलो घटना होइन । यसअघि पनि पटक पटक सांसद शाहीले बोल्दाबोल्दै माइक काट्ने कार्य सभामुख घिमिरेबाट भएका छन् ।
एमालेबाट सभामुख बनेका घिमिरेले आफूलाई निकै निरंकुश बनाउँदै लगेको र संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्न नसकेको भनेर आरोप लाग्दै आएको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया