कांग्रेस सांसद बस्नेतले गृहमन्त्री लामिछानेको नाम नलिएर सहकारीको ठगीमा दुःखपाएका व्यक्तिको कथा सुनाए

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरेर सहकारी ठगी गरेका कारण हजारौँ सर्वधारणले दुःख पाएको बताएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बस्नेतले मन्त्री र नेताहरूले सहकारीको अर्बौ रकम अपचलन, ठगी गर्दा धेरै मानिसहरूले औषधि खाने पैसा समेत नरहेको बताए ।
उनले भने, ‘अलिअलि सहकारीका कुरा…हुन त यो छानविन कमिटी बनिसकेको छ । संसदीय छानविन समिति । यो पनि यो दुध व्यवसाय जस्तै स्कुलमा पढ्ने विद्यार्थीको हालत जस्तै अथवा अरु ठाउँमा लगानी गरेर आफ्नो परिवार पाल्नुपर्ने जस्तै ।’
‘यसबाट मैले एउटा न्यूज हेरेको थिएँ । एउटा प्रोफेसरले ५६ वर्ष पढाएको रे ! भएभरको पैसा लगेर लगानी गर्नुभयो’, बस्नेतले भने, ‘त्यसपछि उहाँ अहिले बिरामी हुनुहुन्छ, सिकिस्त । औषधि खाने पैसा छैन ।’
उनले भने, ‘अनि हाम्रा नेताहरू, मन्त्रीज्यूहरू त्योसँग सम्बन्धित नेताहरू ठूलाठूला कुरा गरेर आफू फुस्किनु भएको छ । तर, भाषण गरिदिनु हुन्छ यसको व्याजसम्म असुल्न नसक्दासम्म बिश्राम लिन्न भन्नु हुन्छ ।’
‘तर, चाहिँ पुलिसलाई थर्काएर विभिन्न किसिमका प्रतिवेदनहरू गुपचुपमा राख्ने लुकाउने काम भइरहेको छ’, सांसद बस्नेतले भने ।
‘एउटा चाहिँ संसदीय छानविन समिति बनिसकेको अवस्था छ । यसलाई माननीय सदस्यज्यूहरूले अलिक बढि सक्रियता देखाउनु भएर चाँढो निष्कर्षमा पुर्याउने अवस्था आयो भने त्यसले ठूलो राहत पाउँछ’, उनले भने, ‘पहिरो कति गइसकेको छ म धेरै बोल्न चाहन्न ।’
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया