मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लाको बजेट फ्रिज नगरिदिन कांग्रेस सांसद गुरुङको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लाहरूको विकास निर्माणमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद गुरुङले हिमाली जिल्लाहरूमा विकास निर्माणको काम गर्न ५/६ महिना मात्रै उपयुक्त हुने बताए । उनले बजेट फ्रिज हुने समस्या रहेको भन्दै हिमाली जिल्लाहरूमा बजेट विनियोजन र कार्यक्रम बनाउँदा बहुवर्षीय बनाउनुपर्ने बताए ।
उनले भने, ‘पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने नेपालको हिमाली जिल्ला मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लाहरूमा विकास निर्माणको कामहरू सञ्चालन गर्न वर्षमा जम्मा ५/६ महिना मात्रै सम्भव हुन्छ ।’
‘वर्षैपिच्छे योजनाहरूमा विनियोजन भएको धेरै जसो बजेट फ्रिज हुने गरेको छ । र, उक्त बजेट फ्रिज हुन नदिनको लागि आवश्यक कदम चाल्नुपर्ने भएकोले यसका लागि ती हिमाली जिल्लाहरूमा बहुवर्षीय योजना बनाएर लागू गर्दा राम्रो हुन्छ’, सांसद गुरुङले भने ।
‘साथै आर्थिक वर्षको अन्त्यमा नभएर कात्तिक मसान्तलाई कायम गर्न उपयुक्त हुन्छ विषयमा सरकारलाई सुझाव छ’, सांसद गुरुङले भने ।
‘वर्षात् तथा हिउँदको समयमा नेपालको मनाङ, मुस्ताङ तथा अन्य हिमाली क्षेत्रमा रहेका बस्तीहरू बाढिपहिरो, हिमात तथा हिमपहिरोको अत्यन्तै जोखिममा रहेकोले तीनको संरक्षणको लागि आवश्यक पूर्वाधारण निर्माण सम्बन्धि अध्ययन गरि प्राकृतिक प्रकोपबाट बच्न पूर्वतयारी गर्न आवश्यक रहेकोले समयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’, कांग्रेसका सांसद गुरुङले भने ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया