कांग्रेस सांसद राणाद्वारा जिरो प्वाइन्टको रिपोर्ट माग, खोकनाबाट हटाउँदा डुकुछापमा सार्न सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणा (जबरा)ले काठमाडौं–निजगढ फास्ट ट्रयाकको खोकनाको जिरो प्वाइन्टबारे रक्षा मन्त्रालयको प्रतिवेदनबारे जानकारी माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद राणाले खोकनामा जिरो प्वाइन्ट राख्ने विषयमा स्थानीयले विराध गरेपछि रक्षा मन्त्रालयले कार्यदल बनाएको र त्यसको रिपोर्टबारे जानकारी माग गरेका हुन् ।
उनले भने, ‘काठमाडौं–निजगढ जोड्ने फास्ट ट्रयाक बाटोमा अहिले तीब्रगतिमा काम भइरहेकोम छ । तर, जिरो प्वाइन्ट खोकनामा राखिएको छ ।’
‘खोकनामा धेरै समयदेखि त्यहाँ विवाद आएको छ । खोकनाका नागरिकहरूले जिरो प्वाइन्ट त्यहाँ राख्न हुँदैन भनेर माग गरिरहेका छन्’, सांसद राणाले भने ।
‘ललितपुर महानगरपालिकाले पनि महानगरभित्र जिरो प्वाइन्ट राख्न आवश्यक छैन भन्ने किसिमको पत्र गृह मन्त्रालयमा पठाइसकेको छ’, उनले भने ।
‘र, गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापका नागरिकहरूले आवश्यक प¥यो भने जिरो प्वाइन्ट डुकुछापमा राखे हुन्छ भन्ने किसिमको माग गर्दै आएका छन्’, राणाले भने ।
‘अहिले कार्यदल बनेर रिपोर्टहरू रक्षा मन्त्रालयले एउटा रिपोर्ट बनाउन जिरो प्वाइन्टबारे रिपोर्ट बनाउन एउटा कार्यदल गठन गरेको छ’, सांसद राणाले भने ।
‘त्यसको परिस्थिति के छ भन्ने जानकारी सरकारले गराइदिन माग गर्दछु’, कांग्रेसका सांसद राणाले भनेका छन् ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया