गृहमन्त्री लामिछाने डीआइजी पोख्रेलप्रति २ दिनका लागि दयावान बनेपछि कांग्रेस सांसद न्यौपानेद्वारा विरोध

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्री रवि लामिछानेद्वारा डीआइजी बढुवा भएको दुई दिनपछि अवकासमा जाने पोषराज पोखरेललाई बढुवा गर्ने निर्णयको विरोध गरेकी छिन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद न्यौपानेले प्रहरीभित्र हस्तक्षेप गरेर आफ्नालाई दयावान बनेकोप्रति प्रश्न गरेकी छिन् ।
उनले भनिन्, ‘पद बहालीको दुई दिनपछि अवकास पाउने डीआइजीलाई गृह मन्त्रालयले बढुवा गर्यो । जवनभरिको कामको मूल्याङ्कन गरेर यो निर्णय गर्यो होला भन्ने लाग्यो ।’
‘तर, त्यसको ठीक तीन दिनपछि नेपाल प्रहरी स्वास्थ्य समूहका एसएसपीद्वय डा.दीपक श्रेष्ठ र डा.सुवास आचार्य प्रमोशन प्रक्रिया रोकेकै कारण ६ वर्षे कार्यकालले गर्दा अनिवार्य अवकासमा जानुप¥यो’, सांसद न्यौपानेले भनेकी छिन् ।
‘५० दिन बढि हुँदा पनि के कारणले बढुवा प्रक्रिया अगाडि बढाइएन ? किन डीआइजी प्रक्रिया बढुवा गर्दा जागेको दयावान एसएसपीमा जागेन ? किन कसैलाई पाखा र कसैलाई काखा गरेको हो ? नियमअन्तर्गत प्रमोशन गरेको भए सेवा गरेर शिर ठाडो गरेर गर्वको साथ विदा त लिन्थे’, उनले भनिन् ।
‘निराश र अपहेलित भएको महशुस त गर्नुपर्ने थिएन । कहाँनेर भयो सबैलाई न्याय ? प्रहरीभित्र ठाडो हस्तक्षेप भयो भनेर भन्न मिल्ने की नमिल्ने ? विधि र प्रक्रिया मुखले भन्ने तर, काम आफ्नोलाई छान्ने हो ? यो प्रतिनिधि घटना मात्रै हो’, सांसद न्यौपानेले भनिन् ।
उनले भनिन्, ‘सुन्नमा आएको छ । प्रहरी संगठन बेथिति, आतंकित र थिलोथिलो हुँदै छ । गृहमन्त्रीलाई प्रश्न छ, संगठनभित्र प्रहरीलाई हस्तक्षेप गर्दैन, स्वतन्त्रपूर्वक प्रहरीले काम गर्छ भनेको यहि हो ? गृहमन्त्रीको दयाभाव जाग्दा माथैमाथ, नजाग्दा पुर्पुरोमा हात ।’
गृहमन्त्री लामिछानेले डीआईजी पोषराज पोखरेललाई एआइजीमा बढुवा सिफारिस गरेपछि विभिन्न आशंकासहितको प्रश्न उठेको छ ।
असार २० गते रातिबाट अनिवार्य अवकाशमा जान लागेका पोखरेललाई डीआइजीबाट एआइजीमा बढुवा सिफारिस भएपछि प्रहरीभित्र बबाल भएको छ ।

त्यसअघि एआईजी उमेशराज जोशीले असार १८ गते रातिबाट अवकाश पाउनेछन् । जोशीले नै अवकाश पाउने भएकाले सरकारले पोखरेललाई अगाडि सारेको छ ।
पोखरेलले एआईजीको दर्ज्यानी चिन्ह लगाएको केही घण्टामा अवकाश पाउनेछन् । करीव ३६ घण्टामा पोखरेलले अवकाश पाउनेछन् ।
३६ घण्टाका लागि डीआइजीबाट एआइजीमा बढुवा सिफारिसमा परेका पोखरेल हालका आइजीपी वसन्तबहादुर कुँवरका भर्ना ब्याची हुन् ।
गृहमन्त्री लामिछानेले ३६ घण्टाका लागि पोखरेललाई डीआइजीबाट एआइजी बढुवा गरेर प्रहरीभित्र राजनीतिक हस्तक्षेप गरेका छन् । पोखरेल ३६ घण्टाका लागि एआइजी हुँदा राज्यलाई ठूलो आर्थिक भार पर्नेछ ।
३६ घण्टाका लागि एआइजीमा हुन लागेको बढुवा प्रकरणले राज्यलाई पाखरेलका लागि लाखौँ रुपियाँ नोक्सानी व्यहोर्नु पर्नेछ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया