नेपाल-भारतको सम्बन्ध दिल्ली-काठमाडौंको कानूनले मात्रै चल्न सक्दैन : केशव झा

बीरगंज । राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले नेपाल र भारतबीचको सम्बन्ध नियम कानूनले मात्रै चल्न नसक्ने बताएका छन् ।

वीरगञ्जमा नेपाल भारत खुला सीमा सम्वाद समूह, पर्सा र डा.राजिव झाको अध्यक्षतामा भएको खुला सीमा सुमधुर सम्बन्धको सेतु विषयक अन्तरक्रिया कार्यक्रम नेता झाले नेपाल र भारतको आधुनिक सीमा र नाम राखिनु अघिदेखि नै जनता–जनतावीच सम्बन्ध कायम रहेको बताए ।

नेपाल र भारतको सम्बन्ध दिल्ली–काठमाडौंको नियम कानूनले मात्रै चल्न नसक्ने उनले बताएका छन् । किनकि दुबै देशमा बहुआयामिक सम्बन्ध रहेको बताएका छन् ।

खुला सीमा अवसर रहेको भन्दै नेता झाले दुवै देशको लागि सिमानाको जनता रक्षक रहेको बताए ।

कार्यक्रममा भारतका समाजसेवी महेश अग्रवाल, चन्द्रकिशोर, प्रदेश सदस्य श्याम पटेल, डा.घनश्याम ठाकुर, नेजामुदिन समानी, कृष्णा पटेल, रम्भा मिश्र, शिव पटेल, शिपु तिवारी, देवेन्द्र मिश्र, अशोक बैद्य, भारतीय महावाणिज्यदूतावासका शशि भुषण जि, अनिरुद सिंह कल्वार लगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2024 June 27, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया