मन्त्रीहरूले श्रीमती, जेठी सासू, ज्वाइँ र नेताका नातागोतालाई बजेट दिएर पास गरे : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्रीको आवाजलाई समेत नसुनिकन पारित भएको बताएका छन् ।
मंगलबार पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले प्रधानमन्त्रीलाई नै नटेरेको बजेट प्रतिनिधि सभाबाट पारित भएको बताएका छन् ।
खतिवडाले भने, ‘प्रधानमन्त्रीले भनेकै कुरा लागु नहुने अवस्था सिर्जना भएको छ । ३ करोड भन्दा तलका योजनामुनिका योजना सबै प्रदेश र स्थानीय तहमा पठाऔँ भन्नुभयो ।’
‘मन्त्रीहरू अहिले पनि मानेका छैनन् । प्रधानमन्त्रीलाई नटेरेको बजेट पास हुँदैछ’, सभापति खतिवडाले भने, ‘प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीको आवाजलाई नसुनिकन बजेट पास भयो ।’
मन्त्रीहरूले आफ्नो क्षेत्रमा मात्र नभई आफन्तहरूकामा समेत बजेट विनियोजन गराएको उनले बताएका छन् ।
सभापति खतिवडाले भने, ‘अब परिवर्तन नगर्ने हो भने सांसदहरु संसदभित्र आएर बोल्ने, कराउने, हिँड्ने ।’
‘मन्त्रीहरूले आफ्ना क्षेत्रमा रकम राख्ने । आफ्नामा मात्रै होइन, श्रीमतीकोमा पनि राख्ने । जेठी सासूकोमा पनि राख्ने । ज्वाइँकोमा पनि राख्ने । आफूलाई मन्त्री बनाउने नेताकोमा पनि राख्ने । अन्त राख्दै नराख्ने । अनि समानुपातिक पद्धतिको विकास पनि हुँदैन’, उनले भने ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया