वीपीपछि शेरबहादुर दाइले आदिवासी जनजातिलाई माया गर्नुभएको छ : विद्वान गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरूलाई महत्वका साथ जिम्मेवारी दिँदै आएको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले भने, ‘ऐतिहाँसिक रुपमा भ्रातृ संगठनहरूमा नेपाल आदिवासी जनजाति महासंघले मात्र अधिवेशन गर्न सक्यौँ भन्नुभयो । हामी अध्यक्षमा आदिवासी जनजाति त छौँ ।’

‘कार्यसमितिमा सबै आदिवासी नभएको कारणले सहमति गर्न पनि विभिनन कठिनाइहरूको कारणले गर्दा हामीले नेपाल तरुण दलको विधानको प्रक्रियामा छौँ’, उनले भने, ‘विधान बनाउने प्रक्रियामा छौँ ।’

अध्यक्ष गुरुङले भने, ‘वीपीपछि आदरणीय सभापति शेरबहादुर दाईले आदिवासी जनजातिहरूलाई अत्यन्तै माया गर्नुभएको छ । उहाँको स्वभाव पनि जनजातिको जस्तो छ ।’

‘उहाँले जनजातिहरूको कार्यक्रम कहिल्यै पनि छोड्नु भएको छैन । उहाँको कार्यकालमा हामीलाई नेपाली कांग्रेसको महत्वपूर्ण भ्रातृ संगठनमा या तरुण दलमा, नेपाल विद्यार्थी संघ, नेपल महिल संघमा हामी आदिवासी जनजातिहरूलाई उहाँले जुन प्रमुखको जिम्मेवारी दिनुभएको छ यो आदिवासी जनजातिप्रतिको एउटा सम्मान पनि हो’, अध्यक्ष गुरुङले भने ।

‘उहाँकै कार्यकालमा जुन कदमजमको नीति पारित गर्नुभयो । उहाँ नै प्रधानमन्त्री हुँदा महिला आयोग, जनजाति आयोग, दलित आयोग बनाउनुभयो’, गुरुङले भने ।

‘हामीले यसरी पनि नेपाली कांग्रेसलाई नेपाली कांग्रेसको नेतृत्व हामीले जसरी पाइरहेका छौँ अझ केही कुराहरू पार्टीभित्र हामी संघर्ष गर्न जारी नै छ’, उनले भने ।

‘नेपाली कांग्रेसलाई सशक्त रुपमा लैजानको लागि लोकतान्त्रिक आदिवासी जनजाति महासंघको पहिलो अधिवेशनबाट पार्टीका नेतृत्वसँग एकजुट भएर वडाहरूमा गएर संगठन गर्नुपर्छ’, तरुण दलका अध्यक्ष गुरुङले भने ।

Published : Tuesday, 2024 June 25, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया