भेदभाव भएपछि खुमबहादुरका छोरा आक्रोसित, मन्त्री र टाउके नेतालाई सदनमै गाली (भिडियाे)

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका सदस्य अनुराग खड्काले कुनै पनि नेताको राम्रो कुरा र टिकाटिप्पणी आफूले नदेखेको बताएका छन् ।

मंगलबार मसुरियास्थित लुम्बिनी प्रदेशसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै खड्काले भने, ‘म आज डेढ, दुई वर्ष भयो । राजनीति गर्न लागेको । पहिला आउँदा राम्रै केटा रहेछ आफ्नो बाउको बिडो धान्न आएको तर, दुई वर्षमा परिवर्तन भएर गाली र अपशब्द बाहेक केही भोग्नु परिरहेको छैन ।’

उनले भने, ‘मन्त्रीहरू र अरु नेताहरू, टाउके नेताहरू छोडेर हामी पनि यहाँ सांसद भएर आएका हौँ । यदि होइन भने हामीलाई बैठकबाट बाहिर निकालिदिनुस् । हामीलाई दिने ६०/७० हजार बचाउनुस् । आफ्नै दलमा जोड्नुस् । के काम छ र ? यहाँ । फाइल बोकेर दौडी रहने । मागी रहने भिख मागेको जस्तो गराउनु हुन्छ । तपाईहरूले ।’

खड्काले भने, ‘हाम्रो सरकार हुँदा पनि बोल्न पाइन । मिस्टेक भएको थियो । अहिले पनि त्यहि मिस्टेक भएको छ । त्यस बेला पनि बजेट पाइन, अहिले पनि पाइन ।’

‘आगामी वर्षदेखि मन्त्री, मुख्यमुख्य नेता र टाउके नेताहरूलाई छोडेर हामीलाई पनि बजेट दिनुस्’, खड्काले भने ।

उनले भने, ‘मलाई यहाँ नेताहरूलाई पनि त्यहि भइरहेको छ । तपाईहरूले पावरको मिस युज गरिरहने हो ? देश ऋणमै डुबिरहन्छ । हामी ऋण बोकिरहेका छौँ । ऋणमै बस्छौँ । यो देशमा विदेशी लगाउनी पनि आउँदैन ।’

‘म जस्तो युवा आज पोलिटिक्स ज्वाइन गर्दागर्दै तपाईहरूले यो उदाहरण राख्नु हुन्छ भने पावर आयो भने पावरको दुरुपयोग गरेर आफ्नो ठाउँ र आफ्नो कार्यकर्तालाई मात्रै बजेट बाँड्ने हो भने गलत हो’, खड्काले भने ।

खड्काले भने, ‘यो पोलिटिक्स जहिले पनि डर्टी गेम नै रहिरहनेछ । मन्त्रीजीहरूले आफ्नो क्षेत्रमा अर्बौंको बजेट लग्दा हामीलाई केही नदिँदा यो डर्टी गेम कहिल्यै पनि फेयर गेम हुनवाला छैन ।’

उनले भने, ‘सत्तापक्ष र प्रतिपक्ष दलका सदस्यहरूलाई के स्मरण गराउन चाहन्छु भने लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यका हो । दाङ जिल्लामा देउखुरी उपत्यका पनि पर्छ ।’

‘गएको वर्ष बजेटमा बजेट दिइएको थिएन । यो वर्ष पनि देउखुरी उपत्यकालाई हेपिएको छ । तपाई माननीयहरू सबै देउखुरी उपत्यकामा बसिरहनुभएको छ’, खड्काले भने, ‘सबै मन्त्रीज्यूहरूको क्वाटर पनि देउखुरीमा छ ।’

उनले भने, ‘दाङका माननीयज्यूहरू मन्त्री हुँदा देउखुरीमा बजेट परेको थिएन । अहिले बाइकट गरेर बजेट राखिएको छ ।’

खड्काले भने, ‘दोस्रो पटक मन्त्री हुँदा धर्मबहादुर चौधरीजीले एउटा कुरा भन्नुभएको थियो । पोलिटिक्स इज डर्टी गेम । हामीले यसलाई डर्टी गेमबाट फेयर गेम बनाउन सक्दैनौँ ? किन राम्रो गेम बनाउन सक्दैनौ भनेर ।’

Published : Tuesday, 2024 June 25, 8:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया