बजेट गोदाममा राखेर लुम्बिनी सरकारद्वारा वित्तीय कालाबजारी : प्रचण्डबिक्रम न्यौपाने

मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका सदस्य प्रचण्डबिक्रम न्यौपानेले लुम्बिनी प्रदेश सरकारले धेरै, थोर बजेट दिएकोमा गुनासो नरहेको भन्दै गुनासो नीतिसँग रहेको बताएका छन् ।

मंगलबार देउखुरीको मसुरियास्थित लुम्बिनी प्रदेशसभा बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै न्यौपानेले बजेट र योजना दिने विषयमा मन्त्रीहरूबाट प्रमुख प्रतिपक्ष दलका सांसदहरूलाई झुक्काइएको बताए ।

उनले भने, ‘हामीलाई झुक्काइयो । बजेट घटेको छ । बजेट कम छ । अत्यन्तै गाह्रो छ भनेर झुक्काइयो । हामीले होला भनियो ।’

‘मुख्यमन्त्रीजीले पनि भन्नुभयो । अत्यन्तै बजेट कम छ । जति आउँछ सिष्टमले आउँछ’, न्यौपानेले भने, ‘दायाँबायाँ गर्दिन म भनेर भन्नुभएको थियो ।’

न्यौपानेले भने, ‘चालु खर्चमा दुई अर्ब घट्यो । पुजीगत खर्चमा १ अर्ब बढ्यो भने अहिलेको बजेटमा कहाँनेर घट्यो । हामी त झन् बढ्यौँ ।’

‘अहिलेको बजेट ल्याउँदा सटेज छभन्ने । त्यसलाई गोदाममा लुकाउने । जब जनतालाई आवश्यक पर्छ अनि गोदामबाट कालाबजारी गरेको जस्तो, यसलाई वित्तीय, अनि त्यो गोदाम खोलेर हेर्दा रोल्पा, अर्घाखाँची आदि आदि त्यतातिर ती गोदाममा भेटिए’, प्रदेशसभा सदस्य न्यौपानेले भने ।

भने, ‘हामी कहाँनेर चुक्यौँ ? त्यो बजेटको लम्बाइ कति छ ? त्यो बाटोमा, त्यो बहुवर्षीय योजनामा चाहिने पैसा कति हो ?त्यो तयारी गरेको भए, एक करोड, दुई करोड अथवा दश किलो मिटर मात्रै हामीले बनाउन सक्ने । यति किलोमिटर मात्रै बनाउन सक्ने भनेर हामीसँय यती छ बजेट भनेको भए राम्रो हुने थियो ।

स्वास्थ्य मन्त्रालयमा मेरा मागहरू लिखित रुपमा दिएको थिएँ । स्वास्थ्य मन्त्रालयमा तालिम मात्रै दिँदैन । झाडापखाला लाग्यो भने झापखाला लाग्यो भनेर रेडियोमा फुक्ने होइन, झाडापखाला लागेको मान्छेलाई जीवनजल दिनेतिर जानुपर्छ । जीवनजल दिँदै गर्दा स्वास्थ्य चौकी आवश्यक पर्छ भन्ने कुराको यो सरकारलाई हेक्का हुनुपर्छ । स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयमा मात्रै नभनेर स्वास्थ्य तथा तालिम मन्त्रालय भनेको भए न्याय हुने थियो ।

न्यौपानेले सिँचाइँमन्त्रीलाई बजेटका बेला भेटन नपाएको गुनासो गरे । उनले फोन गर्दा पनि फोन नउठेको बताए । न्यौपानेले भने, ‘तपाईको मन्त्रालयबाट केही विभागबाट मागेका बजेटहरू आएका छन् । सिस्टमबाट मागेका कुराहरू आएका छन् । सिँचाइ मन्त्रालयमा भुजवि भन्ने लमहीमा एउटा संस्था छ मन्त्रीज्यू त्यो भुजविमा डिपबोरिङ चाहिने जनताहरूको निवेदन सातदेखि दश वर्षसम्म चाङ लागेर बसेको छ । त्यो चाङ लागेको ३०५ नं. दर्ता गरेको ०७३ सालमा दर्ता गरेको त्यो डिप बोरिङ आउँदैन ।’

न्यौपानेले सिँचाइमन्त्रीलाई सच्चिन सचेत गराएका छन् । उनले महिला नेतृले सम्हालेको मन्त्रालयबाट भेदभाव हुँदैन भन्ने लागेको बताउँदै अहिले नसच्चिए कहिले सच्चिने भनेर प्रश्न गरेका छन् ।

Published : Tuesday, 2024 June 25, 6:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया