अल्पमत हुँदाहुँदै बागचौरका नगरप्रमुखले पलेरै नीति तथा कार्यक्रम पारित भएको दाबी गरे

बागचौर । सल्यान जिल्लाको बागचौर नगरपालिकाको नगरसभामा अल्पमत हुँदाहुँदै नगरप्रमुख जनकराज गौतमले नीति तथा कार्यक्रम पारित भएको दाबी गर्दै हिँडेका छन् ।

बागचौर नगरपालिकाको सोमबार बसेको नगरसभामा मेयर गौतम अल्पमतमा परेको माओवादी केन्द्रसहितका नेताहरूले बताएका छन् ।

वडाध्यक्षहरू ६ र वडा सदस्यहरू २३ जना गरी २९ जना नगरसभामा छन् । नगरसभामा नगरप्रमुख गौतम अल्पमतमा परेपछि कीर्ते गतिविधि गरेको आरोप छ ।

एकजना जिल्ला समन्वय प्रमुख गएपछि २८ जना नेकपा (माओवादी केन्द्र)का छन् । नगरप्रमुख गौतमले एकलौटी गरेको भन्दै उपमेयर सुम्निमा डिसी नीति तथा कार्यक्रमको विपक्षमा छिन् ।

२८ जना नीति तथा कार्यक्रमको पक्षमा छन् । ३५ जना अर्थात् बहुमत सदस्यहरू नीति तथा कार्यक्रमको विपक्षमा रहेपछि नगरप्रमुख गौतम तनाबमा परेका छन् ।

सोमबार बिहान माओवादी केन्द्र, एमाले र नेकपा (समाजवादी केन्द्र) बसेर हस्ताक्षर नगर्ने निर्णिय गरेका थिए । हस्ताक्षर गरेपछि मनपरी निर्णय लेखेर अन्तिममा नगरप्रमुख गौतमले माइन्यूट कलोज गर्ने भएकोले हस्ताक्षर नगरेको उपप्रमुख सुमिनमा डिसीले बताएकी छिन् ।

Published : Tuesday, 2024 June 25, 11:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया