मुलुकले जादुगर होइन, राम्रो प्रधानमन्त्री खोजेको छ : कांग्रेस नेता लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले मुलुकलाई राम्रो प्रधानमन्त्री चाहिएको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राम्रो जादुगर बनेर आएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा लेखकले भने, ‘सम्माननीय प्रधानमन्त्रीजीले यो मेरो संख्या होइन जादु हो भन्नुभएको छ । हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ ।’
‘उहाँ राम्रो जादुगर भएर आउनुभएको छ’, नेता लेखकले भने, ‘त्यस्तो विडम्बनामा हामीले बाच्नु परिरहेको छ ।’
अहिले पनि नेपाली नागरिकले धेरै चुनौतीहरू ब्यहोर्नु परिरहेको भन्दै उनले मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आवश्यक रहेको बताएका छन् ।
‘कतिपय चुनौतीहरू अहिले पनि हामीले ब्यहोर्नु परिरहेको छ’, उनले भने, ‘अहिले अस्थिरताको चुनौती छ । मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता छ ।’
उनले भने, ‘राजनीतिक अस्थिरताले यी सबै कुरालाई ओझेलमा राखेको छ । अझै कति दिन अस्थिरता बेहोर्नुपर्ने हो भन्ने कुरा पनि थाहा छैन ।’
बिचार/ब्लग

विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया