तरुण दलको विधान संशोधनका लागि राय सुझाव माग

काठमाडौं । नेपाल तरुण दलको विधान संशोधन मस्यौदा समितिले राय सुझावहरू माग गरेको छ ।
तरुण दलका कार्यालयका मुख्य सचिव ठानप्रसाद पोख्रेलले सूचना जारी गरेर राय सुझाव उपलब्ध गराउन अनुरोध गरेका छन् ।
अध्यक्ष विद्वान गुरुङले विधान संशोधनका लागि तयारी गरिरहेका छन् । नेपाल तरुण दलको विधान संशोधन मस्यौदा समितिले दलको विधानको संशोधित मस्यौदा तयार गर्ने कार्य तिब्र गतिमा अगाडि बढाएको भन्दै सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई जानकारी गराइएको सूचनामा उल्लेख छ ।
समितिको असार ७ गते बसेको बैठकले विधानमा समावेस गर्नुपर्ने महत्वपूर्ण विषयवस्तुहरू राय सुझावको रुपमा समितिलाई बुझाउन आग्रह गरिएको छ ।
राय सुझाव तरुण दलको केन्द्रीय कार्यालय वा समितिका धनराज तम्वापो (९८५२६५०२७०), कृष्ण रिजाल (९८५१०३४२८०), मुना भुसाल (९८५७६२५८३१), विवेक न्यौपाने (९८५१०३०९००), लोकहरि पौडेल (९८५१०९८१०६) र सदस्य सचिव ठानप्रसाद पोख्रेल (९८४९४९५६९५) तथा मेल [email protected] मा पनि दिन सकिनेछ ।

बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया