ओली र राईद्वारा एनजीओका ३ जनालाई राजदूतमा सिफारिस, जतीय द्वन्द्व गराउन खोज्नेकी छोरी सिफारिस

काठमाडौं । एमाले–माओवादी केन्द्र सत्ता गठबन्धनले एनजीओकर्मीहरूलाई राजदूतमा सिफारिस गरेका छन् ।
एमाले समर्थक कथित मानवअधिकारकर्मी सुशील प्याकुरेललाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरिएको छ । एमालेको हितमा काम गर्दै आए प्याकुरेल इन्सेकको संस्थापक हुन् । इन्सके नाम एनजीओ पश्चिमा राष्ट्रहरूको आर्थिक सहयोगमा चल्दै आएको छ ।
एमालेलाई सहयोग गर्ने गरेर प्याकुरेलले गतिविधि गर्दै आएका छन् । प्याकुरेल तत्कालीन समयमा राष्ट्रपति रहेका बेला विद्यादेवी भण्डारीको सल्लाहकार पनि रहेका थिए ।
एमालेका अध्यक्ष केपी ओलीलाई पूर्वराष्ट्रपति भण्डारीले दवाव दिएपछि प्याकुरेललाई राजदूतमा सिफारिस गरिएको चर्चा एमालेभित्र छ ।
एमालेकै कोटामा मलेशियाको राजदूत सिफारिश डा.नेत्र तिमिल्सिना गैर सरकारी संस्था महासंघ नेपालका पूर्वअध्यक्ष हुन् । तिमिल्सिना नेपाल रेडक्रस सोसाइटीको अध्यक्ष हुँदा भ्रष्टाचारको विषय व्यापक रुपमा आएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्वार्थको सिद्धान्तको विषय उठेपछि एनजीओ आइएनजीओको मुख्य पदमा बसिसकेकालाई राजनीतिक तथा संवैधानिक नियुक्ति नदिने गरी सरकारलाई परिपत्र गरेको थियो । तर, त्यसको भाषा फेर्न लगाएर हस्तक्षेप गरिएको छ ।
डेनमार्कका लागि राजदूतमा सिफारिश सुम्निमा तुलाधर एनजीओ सिविनकी कार्यकारी निर्देशक हुन् । सिविन पनि पश्चिमा राष्ट्रहरूको आर्थिक सहयोगमा चल्दै आएको छ । सुम्निमालाई जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाएर जनता समाजवादी पार्टी (जसपा) बनाएका अशोक राईले राजदूत बनाएका हुन् । सुम्निमा जातिवादी नेता स्व.पदमरत्न तुलाधरकी छोरी हुन् भने मानवअधिकारकर्मीको परिचय दिने गौरी प्रधानकी पत्नी हुन् ।
स्व.पदमरत्न तुलाधर कुनैबेला गाई काट्न पाउनुपर्छ भनी अभिव्यक्ति दिँदै हिँडेका थिए भने जातीय राजनीतिलाई भड्काएका थिए । मदमरत्न तुलाधरले नै जातीय टकराव बढाउन योजनावद्ध तरिकाले भूमिका खेलेका थिए ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया