अन्तरघात हटाउन अहिलेदेखिनै योग्यता र क्षमताका आधारमा पदीय जिम्मेवारीकाे काम गर्नुस् : देउवा

परासी । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा हुने अन्तरघातको अन्त्य हुने गरेर अहिलेदेखि नै काम गर्न निर्देशन दिएका छन् ।
शनिबार नवलपरासीको परासीमा पार्टीका नेता तथा कार्यकर्ताहरूसँगको अन्तरक्रियामा सभापति देउवाले भने, ‘चुनावमा हुने अन्तरघात हटाउन अहिलेदेखिनै योग्यता र क्षमताका आधारमा पदीय जिम्मेवारीको बाडफाँट गर्नुहोस् ।’
देउवाले कांग्रेसलाई कसैले पनि हराउन नसक्नेगरी जनस्तरमा काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
सबै तहमा प्रशिक्षण राखेर राष्ट्रिय राजनीतिको विचार विश्लेषण गर्न उनले आग्रह गरेका छन् ।
‘पार्टीमा दण्ड र पुरस्कारको थिति कडाईका रुपमा बसाल्छौं । ढुक्क भएर काम गर्नुहोस्’, सभापति देउवाले भने ।
सभापति देउवा स्वर्गीय पृथ्वीराज कँडेलको नाममा रहेको बसपार्कको उद्घाटनका लागि शनिबार बिहान काठमाडौंबाट भैरहवा विमानस्थल हुँदै नवलपरासी आइपुगेका हुन् ।
स्व.पृथ्वीराज कँडेल नेपाली कांग्रेसका तर्फबाट २०१५ सालको आमनिर्वाचनमा निर्वाचित जनप्रतिनिधि हुन् । पृथ्वीराज कँडेलले ६५ वर्षअघि नवलपरासीको महेशपुरमा बसपार्क निर्माण गर्ने परिकल्पना गरेका थिए । त्यसका लागि जग्गाको व्यवस्थापन पनि गरेका थिए ।
पृथ्वीराज कँडेलका छोरा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्र कँडेलको पहलमा बसपार्क निर्माण भएको हो । नवलपरासी जिल्लाकै पहिलो जननिर्वाचित जनप्रतिनिधि स्व.पृथ्वीराज कँडेलको सम्मानका लागि उनको नाममा बसपार्क निर्माण गरिनुका साथै बसपार्क परिसरमा अर्धकदको शालिकको अनावरण गरिएको छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया