लुम्बिनी प्रदेशमा कांग्रेस सभापति देउवा, विभिन्न कार्यक्रममा सहभागी हुने

भैरहवा । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विभिन्न कार्यक्रमहरूमा सहभागी हुन लुम्बिनी प्रदेशमा आएका छन् ।

शनिबार बिहान सभापति देउवा काठमाडौंबाट भैरहवा विमानस्थलमा आएका हुन् । देउवा भैरहवा हुँदै नवलपरासीको विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । सभापति देउवालाई भैरहवा विमानस्थलमा कांग्रेसका नेता कार्यकताका साथै तरुणहरूले भव्य स्वागत गरेका छन् ।

नवलपरासीबाट महाधिवेशन प्रतिनिधि एवम् नवलपरासी निर्वाचन क्षेत्र नं. २(२) बाट निर्वाचित लुम्बिनी प्रदेश सभाका सदस्य बैजनाथ कलवारलाई पत्नी शोक परेको छ । कलवारको निवासमा पुगेर सभापति देउवाले शोकमा रहेका परिवारजनलाई समवेदना र कलवारकी धर्मपत्नी स्व.अञ्जनी जैयसवाललाई श्रद्धाञ्जलि दिनेछन् । जयसवालको ४९ वर्षको उमेरमा जेठ २१ गते निधन भएको थियो ।

रामग्राम नगरपालिका वडा नं. ५, परासी निवासी स्व.जैसवाललाई सभापति देउवाले श्रद्धाञ्जलि दिने कार्यक्रम छ ।

Published : Saturday, 2024 June 22, 9:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया